लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्र”हरीले प”क्राउ गरेको छ। एक महिला र उनकी छोरीलाई कु”टपिट गरेको आ”रोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कु”टपिट गरेकी थिइन्।
अर्काको घरभित्र गएर मन्त्री नै कु”टपिटमा उत्रिएपछि उनलाई नियन्त्रणमा लिनुपरेको प्रह”रीले बताएको छ। मन्त्री वलीले मीनाको घरभित्रै गएर कपडासमेत फालिदिएपछि घ”टनास्थलमा प्रहरी परिचालन गरिएको थियो।
महिला र बालिका कु”टपिट गरेपछि राज्यमन्त्री वलीलाई इलाका प्र”हरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको हो। मीनाका अनुसार बिमला आज बिहान करिब ८ बजेतिर एक्कासी घरमा आइपुगेकी थिइन्। च्यानल गेटमा हान्दै ढोका खोल, ढोका खोल भन्दै भित्र पसिन्।
त्यसपछि मलाई र तीन वर्षकी छोरीलाई कु”टपिट गरिन्,’ मीनाले भनिन्, ‘एकराज खोइ भन्दै उनी घरभित्र आएकी थिइन्।’ एकराज बस्नेत मीनाकी श्रीमान् हुन्। ‘मेरो कोठामै पसेर सानी छोरीको कपाल लुछ्दै कुट”पिट गरिन्, लुगा फालिदिइन्,’ मीनाले भनिन्।
यो घ”टनापछि स्थानीय पनि आ”क्रोशित छन्। मन्त्रीले ‘सीमा नाघेर’ अर्काको घरभित्र छिरेर कुट”पिट गरेको उनीहरू बताउँछन्। केही अघि बिमला र मीनाका श्रीमान् एकराजबीच ‘प्रेम सम्बन्ध’ रहेको बाहिरिएको थियो। उनी नेकपा माओवादी केन्द्रबाट सांसद पनि छिन्।
उनी दाङको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्। ०७४ मा यो क्षेत्रबाट नेकपा एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए। उनको निधनपछि उपनिर्वाचन गर्दा उनकी पत्नी बिमला यहाँबाट निर्वाचित भएकी हुन्।
तत्कालीन नेकपा विघटन भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुन: अस्तित्वमा आएपछि बिमलाले माओवादी पार्टी रोजेकी थिइन्। यस्तै,संघीय सरकारले राष्ट्रिय अभियानका रूपमा कार्यान्वयन गरेको ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन मोरङको उत्तरी क्षेत्र मिक्लाजुङ गाउँपालिकामा सुरुआत गरिएको छ ।
सो गाउँपालिकामा रहेका नौवटा वडामध्ये प्रत्येकमा चारवटाका दरले केन्द्र राखी आगामी १५ दिनसम्ममा विवरण सङ्कलन गरिने छ ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परिचयपत्र विवरण सङ्कलन अभियानको सोमबार शुभारम्भ गर्दै सरकारले सुरु गरेको यो अभियान घरदैलोमा आइपुगेकाले सबैलाई सेवा लिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकारले दिने सबै प्रकारका सेवा यस परिचयपत्रमा समावेश हुने भएकाले नेपाली नागरिकता भएका सबै नेपालीलाई परिचयपत्र बनाउन आग्रह गर्नुभयो ।
जिल्लाको १७ पालिकामध्ये सातवटा पालिकामा परिचयपत्रका लागि विवरण सङ्कलनको काम सम्पन्न भइसकेको छ । जिल्ला प्रशासन कार्यालयमा चारवटा स्टेशन राखेर विवरण सङकलन गर्ने काम भइरहेको छ । गत असोज ४ गतेबाट जिल्लामा सुरु भएको सो अभियानमा अहिलेसम्म दुई लाखभन्दा नागरिकको विवरण सङ्कलन गर्ने काम भइसकेको प्रजिअ दाहालले जानकारी दिनुभयो ।
परिचयपत्र बनाउनका लागि जिल्लाभित्र रहेका नेपाली नागरिकले नागरिकताका आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले यो जिल्लामा बनाउँदा बसाइँसराइको कागजपत्र पेश गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । मिक्लाजुङका अध्यक्ष वविकुमार राईले घरआँगनमा आएको सेवालाई उपयोग गरी अभियान सफल बनाउन नागरिकसँग आग्रह गर्नुभयो ।















