बिजुलीको तारमा घन्टौ झु”न्डिएका महिला दाई मिडियामा, आखिर किन झु”ण्डिए त ( हेर्नुस् भिडियो )

0
3

नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रशारण लाइनमा माइला बिक आज दिनभर झु ण्डि एर बसेका कारण नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा ठूला घाटा बेहोर्नुपरेको जानकारी दिए । ति युवकलाई प्रहरीले पनि तल झार्न प्रयास गरिहेको भएता पनि नसकेपछि उद्धारका लागि सेनालाई गुहारिएको छ ।

तत्काल उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई निर्देशन दिएकी छिन् । प्रशारण लाईनको तारमा दिनभर झुण्डिएरै बसेका उनलाई केही सिप नलागे पछि हेलिकप्टर बाट भए पनि उद्धार गर्न सेनालाई मन्त्री भुसालले निर्देशन दिएकी हुन् । उनले ट्विटरमा लेखेकी छन्, ‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौं ।’नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका– ७ मा त्रिशुली मातातीर्थ प्रशारण लाइनको तारमा चढेर बसेका छन् ।

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङका अनुसार विद्युत उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा भइरहेको छ । लामा नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको हो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सोमबार बिहान सिंहदरबारमा बस्दैछ । गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक बिहान साढे ८ बजेपछि गृह मन्त्रालयमा बस्न लागेको हो । गृह मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना-२०७९ स्वीकृत गर्ने एजेण्डा छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० लाख जनसंख्या प्रभावित हुनसक्ने आँकलनसहित कार्ययोजना बनाइसकेको छ । कार्यकारी समितिमा विभिन्न मन्त्ती, सचिव र सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here