रवि, लिङदेन र ज्ञानेन्द्रबारे खतरनाक भबिष्यबानी राजा ल्याएर देखाउछन, संसद हुन्छ उथलपुथल

0
2
रवि, लिङदेन र ज्ञानेन्द्रबारे खतरनाक भबिष्यबानी राजा ल्याएर देखाउछन, संसद हुन्छ उथलपुथल

रवि, लिङदेन र ज्ञानेन्द्रबारे खतरनाक भबिष्यबानी राजा ल्याएर देखाउछन, संसद हुन्छ उथलपुथल, नागरिकता प्रकरणको फैसलापछि गृहमन्त्रीबाट राजीनामा दिएका रवि लामिछानेले पहिलोपटक मुख खोलेका छन् । उनले आफू विरुद्ध केही भन्न बाँकी र लेख्न बाँकी भए लेखिहाल्न भन्दै सामाजिक सञ्जलालमार्फत मुख खोलेका हुन् । रास्वपा सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताएका छन् । सामाजिक सञ्जालमा चेतावनीयुक्त स्टाटस लेख्दै उनले लेखेका छन्, ‘म अभिमन्यु होइन ।’

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । लामिछानेले भनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आँफु अभिमन्यु नभएको बताएका हुन् । सभापति रविले सामाजिक सन्जालमो आफ्नो मेरो मौनता आजसम्मका लागि मात्रै भएको उल्लेख गरेका छन् । उनले आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न सबैलाई भनेका छन् ।

नागरिकता विबादका कारण उपप्रधानसहित गृहमन्त्री र सांसद पद नै गुमाएका लामिछाने पछिल्ला दिनमा विबादित बन्दै गइरहेका बेला उनलाई पार्टी भित्रैबाट पनि अप्ठ्यारो परिस्थिती सिर्जना भएको बताइन्छ । यसैबिच उनले राजीनामा दिएको एकसाता बढी समय बितिसक्दा पनि मन्त्री क्वार्टर नछोडेको भन्दै आलोचना भइरहेको छ । पार्टी सभापतिले मन्त्री क्वार्टर अहिलेसम्म नछोड्नु दुःखद भएको भन्दै उनकै पार्टीभित्रबाट आलोचना सुरु भएको छ ।

पद गएकै दिन सरकारी गाडी चढ्न छाडे पनि रविले मन्त्री पद गएको हप्ता दिन पुग्न लाग्दासमेत मन्त्री क्वार्टर छाडेका छैनन् । उपप्रधानसहित गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वार्टरमा नै बस्दै आउका छन् । सर्वोच्चको निर्णयसँगै उपप्रधानसहित गृहमन्त्री र सांसद पद नै गुमाएका लामिछानेले भने मन्त्री क्वार्टर नछोडेर त्यहीँ बस्ने गरेका छन् ।

पार्टी सभापतिले मन्त्री क्वार्टर अहिलेसम्म नछोड्नु दुःखद भएको भन्दै उनकै पार्टीभित्रबाट आलोचना सुरु भएको छ । यसअघिका दलहरुलाई नयाँ संस्कार सिकाउन राजनीति थालेको भनेका रवि एकपछि अर्को गर्दै विबादमा फस्दै गएका बेला सरकारी निवासमा टाँसिएर बस्नुलाई धेरैले नराम्रो परिपाटीको संज्ञा दिएका छन् ।

शुक्रवार अदालतले नयाँ नागरिकता लिनुपर्ने फैसला गर्दै पुरानो नागरिकताबाट धारण गरेका सबै सार्वजनिक पद अमान्य हुने फैसला गरेको थियो । आइतवार लामछिछाने नयाँ नागरिकता लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद फिर्ता लिएका थिए । लगत्तै उपप्रधान तथा गृहमन्त्री पद पनि फिर्ता मागेको उनीमाथि आरोप लागेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अदालतको पूर्ण फैसला नआउँदा सम्म लामिछानेलाई पुनः गृहमन्त्री नबनाउने अडान लिएपछि लामिछाने बालुवाटारदेखि बालकोटसम्म धाइरहेका छन् । यसै विषयलाई लिएर सञ्चारमाध्यमले उनको टिकाटिप्पणी गरेपछि लामिछानेले अरू पनि केही भन्नु र लेख्नु भए लेख्न भन्दै सामाजिक सञ्जालमा लेखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here