‘मलाई मेरी छोरी भएको ठाउँमा लैजाऊ , एयर होस्टेज कृष्मी थापाकी आमाको रु’वाबासी

0
2

पोखराबाट जोमसोमका लागि उडेको जहाज आइतबार बेपत्ता भयो। दिनैभरि खोज्दा पनि फेला नपरेपछि सुरक्षाकर्मी रित्तो हात फर्किन बाध्य भए। तारा एअरको नाइन एन एइटी जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङमाति सानोसरेमा क्षतविच्छेद अवस्थामा भेटियो।

अहिले सुरक्षाकर्मीले शव खोजि रहेको छ। विमानमा सवार चालक दलका ३ सहित २२ जनामध्ये १४ को श”व भेटिएको छ। बाँकीको खोजी भइरहेको छ। सोमबार अपरान्ह पोखरा विमानस्थलमा एअरहोस्टेज कृष्मी थापाकी आमाकाृ आर्तनादले थर्कमान भयो।

अहिले पोखरा विमानस्थलमा उनकी आमा सहित आफन्त जम्मा भएका छन्। आफ्नी छोरी भएको ठाउँमा लैजाऊ भन्दै उनले विलौना गरिरहेकी छिन्। तारा एयरको विमान दु”र्घटनामा परेर ज्यान गु”माएका २२ मध्ये १० जनाको श”व काठमाडौं ल्याइएको छ ।

तारा एयरले विज्ञप्तिमार्फत २२ मध्ये २१ जनाको श”व फेला परेको र तीमध्ये १० जनाको नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । तीमध्ये १० जनाको श”व कोवाङ, पोखरा हुँदै काठमाडौं ल्याइएको बताइएको छ ।

बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । हाल उद्धार टोलीले एक जनाको श”व खोजी गररहेको छ । काठमाडौं ल्याइएको शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको विमान सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरेमा १४,५०० फिटको उचाइमा दु”र्घटनाग्रस्त अवस्थामा सेनाले फेला पारेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दु”र्घटनाग्रस्त भई विमानमा सवार सबैको निधन भएको घ”टनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज ट्विटरमार्फत यस अकल्पनीय दु”र्घटनामा जीवन गुमाएका विमान चालक दलका सदस्यहरु र यात्रुहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान मुस्ताङको थसाङ गाउँपालिका–२ सानोस्वारे भिरमा दु”र्घटनाग्रस्त हुँदा विमानमा सवार १९ यात्रु र चालक दलका तीन सदस्य गरी २२ जनाको नि”धन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here