काठमाडौं /
महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहलाई आज पुत्री लाभ भएको छ ।
बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् । बालेन निकट श्रोतले इमेज खबरलाई जानकारी दिए अनुसार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् । उनका साथीभाइरुले पनि उनलाई शुभ संकेत भन्दै बधाई दिइरहेका छन् ।
काठमाडौंमा बालेनले ल्याए २२ हजार भन्दा बढी मत, स्थापित ११ हजार भन्दा बढी मतले पछाडी
काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो मतान्तर बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले २२ हजार ८ सय ४२ मत पाएका छन् ।
गठवन्धनको तर्फबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी र्सिजना सिंहले दश हजार नौ सय ८६ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७ सय ६९ मत पाएका छन् ।
बालेनले स्थापित भन्दा ११ हजार ७३ मत बढी पाएका छन् ।















