अचम्मका भाेटर जो अक्सिजन सिलिण्डरसहित मतदान केन्द्रमा पुगे , हेर्नुस् १ भाेटको महत्त्व

0
2

३० वैशाख, भिमढुंगा (काठमाडौं) । एक मतको महत्व कति छ भन्ने देखाउने दृश्य भीमढुंगाको बालबोध मावि’को मतदान केन्द्रमा देखिएको छ । ९६ वर्षीय काइँला तामाङ अक्सिजन सिलिण्डर लगाएर मतदान गर्न आएका छन् ।

भीमढुंगा मजुवाका उनलाई नाति नमराज तामाङले बोकेर मतदान केन्द्रसम्म ल्याएका थिए । अहिले काइँला तामाङकी पत्नी ८६ वर्षीया काइँली तामाङ पनि छोरा राम तामाङको साथ मतदानस्थल आइपुगेकी छन्

काइँला र काइँली तामाङले देश र गाउँको नियम बसाउन र सबैलाई राम्रो होस् भनेर मतदान गर्न आएको अनलाइनखबरलाई बताए । बालबोध माविको मतदान केन्द्रबाट काइँला–काइँली दम्पतीले पहिलो मत खसालेका छन् ।

राम्रोसँग बोल्न समेत नसक्ने अवस्थाका काइँला तामाङले गत निर्वाचनमा आफ्नो मत खेर नगएको बताए । यस पटक पनि राम्रो मान्छेलाई मत दिने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here