अस्ट्रेलियाको मेलवर्नमा २१ वर्षिय नेपाली विद्यार्थी समिर कोइराला मृ”त अवस्थामा फे”ला परेका छन्।चितवन स्थायी घर भएका समिर बुधबार दिउँसो आफ्नै घरमा मृत अवस्थामा भेटिएको एनआरएन अस्ट्रेलियाले जानकारी दिएको छ।
कुकरी अध्ययन गर्न ६ महिना अगाडि मात्रै अष्ट्रेलिया आएका समिर साथीभाइसँग बस्दै आएका थिए। केही समयदेखि मान’सिक तनावमा देखिएका समिरको असमायिक नि’धन बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
समिरको परिवारसँग समन्वय गरेर मृतकको शव नेपाल लाने अभियानमा एनआरएन विद्यार्थी काउन्सिल एडभाइजरी टिम लागिपरेको एनआरएनका पब्लीक अफिसर सुमन अधिकारीले जानकारी दिए। श”व नेपाल पठाउन ‘गो फन्ड’ मार्फत सहयोग रकम संकलन सुरू भएको छ।
यस्तै,,कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेप”त्ता भएका छन् । प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा प’हिराले बगाएको हो ।
भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का नि खिल कौशाल, वर्ष १८ सुरज सोनी बे”पत्ता भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको प”हिराले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्र”हरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिनुभयो ।















