बाराको देवतालमा झ’डप : एक जनाको टाउको फु”ट्यो, मतदान रोकियो

0
3

बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झ”डप भएको छ । दुई पक्षबीच झ”डप हुँदा एक जना घा”इते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार एक जनाको टाउको फु”टेको छ । झ’डपलाई नियन्त्रणमा लिन प्र”हरीले अश्रु”ग्यास प्र”हार गरेको छ ।

झ”डपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् । यस्तै उता,,काठमाडौं महानगरपालिका उपमेयर उमेदवार सुनिता डङ्गोलले मतदान गरेकी छन् । उनले स्थानीय तहको निर्वाचन अन्तर्गत आज बिहान काठमाडौंबाट मतदान गरेकी हुन् ।

नेकपा एमालेका तर्फबाट उपमेयर उमेदवार डङ्गोलले वडा २१ बाट मतदान गरेकी हुन् । यस्तै,,नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छन् । भक्तपुर नगरपालिका–५ साकोठास्थित विद्यार्थी निकेतन माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

यस्तै,,राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गरेका छन् ।

उनले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् । स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिनअघि नै आफ्नो गाउँ पुगेका थिए । सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here