वसन्त थापा र शान्ति श्री परियारले गाएको दोहोरी गितले युटुवदेखी टि`कटकसम्म तहल्का मच्चायो..,(भिडियो हेर्नुस्)

0
1

वसन्त थापा र शान्ति श्री परियारले गाएको दोहोरी गितले युटुवदेखी टि`कटकसम्म तहल्का मच्चायो..,(भिडियो हेर्नुस्)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच कुशल गौतमको नयाँ दोहोरी गित ‘भिर मौरी’ डिजिटल बजारमा सार्वजनिक भएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय वनिसकेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ ।

सुप्रसिद्ध दोहोरी गायक बसन्त थापा र चर्चित गाायिका शान्ति श्री परियारले गाएको गितमा गितकार निश्चल दवाडीको उत्कृष्ट शब्द सृर्जना एवम् गायक एवम् सर्जक सुरज लामिछानेको लय रचना रहेको छ । गितमा आशिष अविरलको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको मायाप्रेमकै विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

सुनिल क्षेत्रीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफिमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा नायिका प्रियकां कार्कि र सुनिल क्षेत्रीको अभिनय संगै फिचरिङ्ग रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छांयाकन एवम् अमृत चापागाईले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला टिकटकमा भाईरल भएको छ ।

गित Suraj Lamichhane अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here