छोरा नपाउदा पि’डा भोगेकी कालिका बुढा अन्तत इन्द्रेणीले बोलायो, श्रीमानकै अगाडि किन रो’इन हेर्नुस्।

0
1

काठमाडौं।

छोरा नपाउदा पिडा भोगेकी Kalika Budha अन्तत इन्द्रेणीले बोलायो, श्रीमानकै अगाडि किन रोइन हेर्नुस्। सम्पूर्ण कुरा तलको भिडियोमा राखीएको छ। यो पनि पढ्नु होस्स।

किरात धर्मावलम्बीहरुले आज९२ औं समाजसुधार दिवश मनाउदैछन् । वि.सं.१९८८ वैशाख २४ गते १६ औं राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनले ७ बुँदे सत्यधर्म मुचुल्का जारी गरेको स्मरणमा यो दिवश मनाइन्छ ।

फाल्गुनन्द लिङदेनले तत्कालीन १७ थुम १० लिम्बुवानका सुब्बा, अमाली सुब्बाहरुको भेला आयोजना गरी उक्त सत्यधर्म मुचुल्का जारी गरेका थिए ।

पाँचथरको फिदिम नगरपालिका–५, लब्रेकुटिमा जारी गरिएको उक्त सत्यधर्म मुचुल्कालाई किरात समाज सुधारको क्षेत्रमा जेठो लिखित दस्तावेजको रुपमा लिइन्छ ।

फाल्गुनन्दले तत्कालीन अवस्थामा लिम्बू समुदायमा ब्याप्त साँस्कृतिक बिकृतिहरुलाई व्यवस्थापन गर्न सामाजिक सुधारको अभियान स्वरुप ‘सत्यधर्म मुचुल्का’ तयार पारेका थिए ।

‘सत्यधर्म मुचुल्का’ छोरीचेलीको बिवाहमा प्रशस्तै सुनौली रुपौली लिने, विभिन्न कर्मकाण्डमा अत्यधिक मदिरा तथा मासुमंशको प्रयोग एवं फजुल खर्च गर्ने संस्कृतिको व्यवस्थापनको पक्षमा रहेको थियो ।

अहिले लिम्बू समाजमा छोरीचेलीको बिवाहमा सोतरीत, सुनौलीरुपौली लिने प्रचलन प्रतीकात्मक रुपमा मात्र जीवित छ । अत्यधिक मदिरा, मासुमंश र फजुल खर्च गर्ने प्रवृतिमा उल्लेख्य रुपमा कमी आएको छ । यो सत्यधर्म मुचुल्काको देन भएको किरात धर्मका अभियन्ताहरु बताउछन् ।

फाल्गुनन्दले ७ बुँदे ‘सत्यधर्म मुचुल्का’ जारी गरेको दिन वैशाख २४ लाई किरात धर्मावलम्बीहरुले बर्षेनी समाजसुधार दिवशको रुपमा मनाउदै आएका हुन् ।

सत्यधर्म मुचुल्का जारी गरिएको स्थान, फाल्गुनन्दको कर्मभूमी, धार्मिक पर्यटकीयस्थल फिदिमको लब्रेकुटि सहित किरात धर्मावलम्बी रहे, बसेको देश तथा बिदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी समाजसुधार दिवश मनाइने किरात गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here