काठमाडौँ | मेयर पदका दावेदार बालेन शाहको आज पाचौ दिन घर घरमा जनतासंग भेट्ने घरदैलो कार्यक्रममा सधैको भन्दा बढी भिड र जनता देखिएका छन् |
बिहान ६:३० बजे – पेप्सीकोला फुटबल ग्राउन्डमा भेला भएर नरेफाँट लगायतका क्षेत्रहरु सकेपछि बेलुका र दिउसोको समयमा आज साँझ ३;३० बजे ठमेल सञ्चयकोष भवन हुँदै नयाँबजार, सामाखुसी लगायतका क्षेत्रहरु मा घरदैलो सकिएको थियो |
बालेनले आफ्नो अफिसियल पेजमा यस्तो लेखेर अपिल पनि गरेका थिए “हरेक घर र हरेक मतदातासम्म घरदैलोबाट पुग्न सम्भव छैन तर पनि हाम्रो प्रयास रहेको छ कि धेरै भन्दा धेरैसम्म पुग्न सकौँ ।
यसैले हाम्रो घरदैलो आज पनि निरन्तर रहनेछ । सँधै झैँ साथ दिनु हुन्छ भन्ने हामीले विश्वास गरेका छौँ । तपाईलाई पायक पर्ने स्थान र समयमा हामीसँग जोडिन सक्नु हुनेछ ।”
हेर्नुहोस आजको दिनको समर्थकको भिड र सपोर्ट –















