सिन्धुलीमा गाडिको ठक्करबाट १ जनाको मृ’त्यु भएपछि, स्थानीय र प्रहरी बीच ठु’लो झडप, ११ प्र’हरी घा’इते ,

0
3

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

आज दिउसो सिन्धुलीमा अवरुद्ध बीपी राजमार्ग खुलाउन खोज्दा झडप भएको छ। कमलामाई नगरपालिका-२ पिपलभन्ज्याङमा भएको झडपमा ११ जना प्रहरी घाइते भएका छन्।

बोलेरोको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि स्थानीयले बुधबार बिहानदेखि बीपी राजमार्गअन्तर्गत सिन्धुली–खुर्कोटखण्डको पिपलभन्ज्याङमा सडक अवरुद्ध गरेका थिए। अवरुद्ध सडक खुलाउन प्रहरीले बल प्रहयोग गरेपछि दोहोरो झडप भएको थियो। झडपका क्रममा स्थानीयले प्रहयोग गरेको बोतल र ढुङ्गाले लागेर ११ प्रहरी घाइते भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।

घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ। घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ। झडपका क्रममा रोकि राखेका केही सवारी साधनमासमेत क्षती पुगेको वडा अध्यक्ष नवराज थिङले जानकारी दिए।

दोषीमाथि कारवाही र क्षतीपुर्तीको मागसहित पिडित पक्ष र प्रशासनबीच वार्ता भएपनि सहमति जुट्न नसकको समेत अध्यक्ष थिङले बताए।

बीपी राजमार्ग भएर पिपलभन्ज्याङ–पचभैया जाने सडकमा प्रदेश ३–०१–०२४ च १४१९ नम्बरको बोलेरोले ठक्कर दिँदा पैदलयात्री ३९ वर्षिय विजय मोक्तानको मृत्यु भएको थियो। गम्भिर घाइते मोक्तानको उपचारकाक्रममा बुधबार बिहान मृत्यु भएको हो।

प्रहरीले बल प्रयोग गरेर अवरुद्ध सडक खुलाएको छ। उता बोलेरो चालकलाई भने प्रहरीले नियन्त्रणमा लिईसकिएको छ। यस घटना बारे प्रहरिले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here