भखरै नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको विमान जनावरसंग ठो’क्कियो

0
6

काठमाडौँ :

नेपालगन्ज विमानस्थलको धावनमार्गमा सोमबार साँझ बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा खरायो सँग ठो क्किएको छ । नेपालगञ्ज विमानस्थल स्रोतकाअनुसार सानो खालको जनावरलाई जहाजले अवतरण गर्ने क्रममा कि’चेको पाइएको छ ।

यसअघि अघिल्लो महिना सीता एयरको जहाजमा बँदेलका बच्चा ठो क्किएका थिए । काठमाडौँबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज ल्यान्ड हुने बेलामा खरायो ठोक्किएको हो। घटना राति पौने आठ बजेको हो।

बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापक विनित शाहले जहाज ल्यान्ड हुने क्रममा खरायो ठो क्किएको बताए। जहाजसँग ठो क्किएको खरायोको मृत्यु भएको छ। जहाजमा खरायो ठो क्किएपछि केहीबेर उडान रोकिएको थियो। अहिले उडान सुचारु भएको छ।

विमानस्थल कार्यालयमा झाडी सफाइका लागि समेत बजेट नआउँदा नियमित सफाइ हुन सकेको छैन। सुरुमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले झाडी सफाइ गरिदिएकोमा पछि विमानस्थल कार्यालयले मजदूर लगाएर सफाइ गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here