प्रहरीले खोज्दै जाँदा कोठाभित्र यसरी भेटिए २ पुरुषसँगै ४ महिला

0
3

नवलपुर ।

नवलपुरबाट दुई पुरुष र ४ महिला गरी आधादर्जन व्यक्ति पक्राउ परेका छन् । विशेष सुराकीले दिएको जानकारी पछ्याउदै जाँदा कावासोती नगरपालिका वडा नम्बर ८ स्थित बेलु पुनको घरबाट जु,वातास खेल्दै गरेको अवस्थामा उनीहरु समातिएका हुन् ।

नवलपुर प्रहरीका अनुसार ६ जनाको साथबाट ३१ हजार नौं सय पच्चीस रूपैयाँ नगद र चार बुङ तास बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पक्राउ पर्ने सबै स्थानीय हुन् ।

कावासोती ८ का वर्ष ३० वर्षीय हरीमाया पुन, ४० वर्षकी माया पुन, वर्ष ४५ की वेलु पुन, वर्ष ६८ की दूरपति गुरुङ, ४० वर्षीय रविनमान् सिंह र ४० वर्षीय वीर गुरुङ प्रहरी नियन्त्रणमा परेको डीएसपी गिरीको भनाई छ । घरको कोठाभित्र लुकेर तास खेलीरहेको अवस्थामा उनीहरु भेटिएका थिए ।

सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here