न्यूयोर्क – तपाईंलाई लाग्ला, राष्ट्रको उच्च ओहोदामा रहेकाको परिवारको जीवन सुखी र भव्य हुन्छ ।
तर, त्यस्तो होइन । केही यस्ता अपवाद हुन्छन् जसले राजनीति व्यापार होइन, सेवा हो भन्ने सन्देश दिन्छ
उदाहरणको रूपमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी सासालाई ।अमेरिकी राजनीतिको एक शक्तिशाली
जोडी ओबामा दम्पत्ति उत्तिकै केयरिङ अभिभावक पनि हुन् । मिसेल र बाराकले आफ्ना छोरीहरुलाई गर्ने व्यवहारलाई पनि निकै चासोका साथ हेर्ने गरिन्छ
थप समाचार पढ्नुहोस :
काठमाण्डौं । पूर्व युवराज्ञी हिमानी शाहको चर्चा उहाँको सुन्दरताको कारण पनि हुने गर्दछ ।
पूर्व राजपरिवारको पछिल्लो समयको महत्वपूर्ण सदस्य हिमानी शाह अहिले आफ्नै नाममा ट्रष्ट खोलेर समाजसेवामा ब्यस्त
हुनुहुन्छ ।पूर्व युवराज पारस शाहसँग उहाँको बैवाहिक सम्बन्ध त्यति सुमधुर रहेको पाइएको छैन ।
उहाँको र पारसको सम्बन्धका चीसो आएको समाचार बिभिन्न समयमा मिडियामा आइरहन्छन् ।
तर, महत्वपूर्ण पारिवारिक भेटघाटमा पारस र हिमानी साथै पनि देखिएका तस्वीरहरु सार्वजनिक हुने गर्दछन् ।
नेपालको राज घराना की पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन परेको छ ।
आजकै दिन १९७६ मा भारतको राजस्थान सिकरमा जन्मे हुर्केकी हिमानी आजबाट ४४ बर्ष पूरा भएर ४५ औं वर्षमा प्रवेश गर्नुभएको छ ।
उहाँका ससुरा ज्ञानेन्द्र शाह नेपालका राजा रहेको बखत तत्कालिन राजदरवारले उहाँलाई नेपालकै थापाथलीमै जन्मिएको बताएको थियो ।
३ बच्चाकी आमा भए पनि सदावहार सुन्दरी हिमानी शाहलाई जन्मदिनको अवसरमा उहाँका आफन्त, शुभचिन्तक र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले शुभकामना दिइरहेका छन् ।
भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हिमानीको विबाह पारस शाहसँग २५ जनवरी २००० मा भएको थियो ।
उहाँहरुका एक छोरा हृदयेन्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका शाह रहेका छन् ।
पछिल्ला दिनमा ‘हिमानी ट्रस्ट’ नामक सामाजिक संस्थाबाट हिमानीले समाजसेवामा ब्यस्त हुनुहुन्छ भने छोराछोरीहरु
थाइल्याण्डमा बसेर पढाई गरिरहेका छन् । पछिल्लो समय हिमानी र उहाँका छोरीहरुले बनाएको टिकटक पनि भाइरल भएको थियो ।















