छोराछोरीले नहेरेका एक्ला अन्धा रुदै भोका बुवा,बुवाको यस्तो आयो दशै (हेर्नुस् भिडियो )

0
83

हामिले सोचेको जस्तो कहाँ हुन्छ र जिन्दगी ,समयले हामिलाई एक दिन यस्तै बृद्ध गराइदिन्छ ।भगवान के तमासा देखाएको होला यस्तो ,कुन जुनिको पाप हो यो ,जस्ले गर्दा जिन्दगी भर अँध्यारो कोठामा गुम्स्याएर राख्यौ भगवान ।

कसैलाई अरबौको मालिक बनायौ त कसैलाई भने जन्माएको आफ्नै सन्तानबाट पनि यतिधेरै टाढा बनायौ ।आज मैले जन्माएको छोरो किन यति धेरै निस्ठुरि भयो भगवान् ,मलाई यी सारा गाउलेले किन यति साह्रै हेला गरे ।अब मलाई यो दुनियामा बाचौला भन्ने केहि पनि आशै छैन ।

म यो संसारकै अभागि रहेछु भगवान् ,मलाई यो सबै दुख दिनुभन्दा बरु मलाई छिट्टै लिन आउ भगवान् ।गुल्मिको धुर्कोट गाउपालिका वडा नम्बर एक गोपाल सार्किको एक द र्दनाक संघर्षको कथा लिएर आएका छौ ।उमेरले नेटो काटिसक्यो सन्तानको कुनै पनि सहारा छैन ।भएको एउटा छोरो बिहे गरेर कहाँ छ भन्ने नै अत्तोपत्तो छैन ।नत गोपालले आखानै देख्छन् नत एक मुठ्ठि पानी तताएर नै खान्छन् । आर्थिक अवस्था एकदमै कमजोर भएका उनी कयौ रातहरु भोकभोकै बस्न पनि बाध्य छन् ।

अहिले दशै मुखैमा आइरहदा धनिहरुका लागि मात्रै आएको जस्तो लाग्छ तर दिन दुखि गरिब पिडितहरुका लागि भने चाडपर्व कहिलेपनि नआइदिए हुन्थ्यो जस्तो नै हुन्छ  ।यतिका बर्षसम्म चाडपर्व नमनाएका गोपाल सार्किले भने अहिले चाडपर्व मनाउने व्यवस्था र चाजोपाजो मिलेको छ ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here