हामी धेरैको चासो, के आउने साउन दुई गतेदेखि पुन: निषेधाज्ञा होला त ?

0
372
हामी धेरैको चासो, के आउने साउन दुई गतेदेखि पुनः निषेधाज्ञा होला त ?

काठमाडौ । हामी धेरैको चासो, के आउने साउन दुई गतेदेखि पुनः नि’षेधाज्ञा होला त ? काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको नि’षेधाज्ञा असारको दोश्रो साताबाट स्माट्र नि’षेधाज्ञा हुँदै खुल्ने क्रममा छ।

तर यो संगै सं’क्रमितको संख्या पनि बढ्दै जान थालेको छ । यो अवस्थामा अब काठमाडौमा जारी रहेको नि’षेधाज्ञा के हुन्छ भन्ने जिज्ञासा पनि उत्तिकै छ । प्रमुख जिल्ला अधिकारीहरुले यस विषयमा अहिले कुनै छलफल सुरु नभएको जनाएका छन् । तर सं’क्रमितको संख्या बढ्दै गएका कारण फेरी पनि नि’षेधाज्ञा थप्न सकिने संभावना भने ब्यक्त गरेका छन् ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला को-रोनाको सं’क्रमणदर बढेपछि निषेधाज्ञामा जान सकिने तर्फ संकेत गरेका हुन् । प्रजिअ निरौलाले भने, ‘को-रोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञा हुन सक्छ। हालसम्म प्रशासनले यस विषयमा छलफल गरेको छैन। हामी असारको ३० र ३१ गते बसेर यस विषयमा छलफल गर्छौं।’

दैनिक नमुना परीक्षण गरिएकामध्ये करिब २२ प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको मन्त्रालयले जनाएको छ। जो’खिम यथावत रहेकाले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ। हिजो शनिबार उयत्यकामा ४१९ संक्रमित थपिएका थिए।

आजपनि १८३१ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको छ ।  आज उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here