एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

0
2
एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य, नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here