धुर्मुसको आँसु पुछ्न्न चितवन पुगे प्रचण्ड: भन्छन् अब १४ दिन भित्र रंगशालाको काम सुरु गर्छौ। (हेर्नुश भिडियो)

0
2
धुर्मुसको आँसु पुछ्न्न चितवन पुगे प्रचण्ड: भन्छन् अब १४ दिन भित्र रंगशालाको काम सुरु गर्छौ। (हेर्नुश भिडियो)

धुर्मुसको आँसु पुछ्न्न चितवन पुगे प्रचण्ड: भन्छन् अब १४ दिन भित्र रंगशालाको काम सुरु गर्छौ। प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने आश्वासन दिएका छन् ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको एक वा दुई हप्तामासमस्या समाधान हुने आश्वासन दिएका हुन् ।

धुर्मुस–सुन्तली फाउन्डेसको अगुवामा निर्माण सुरु गरिए पनि पछि ऋणको भार बढ्दै गएपछि फाउन्डेसनले भरतपुर महानगरलाई जिम्मा लगाएको थियो । महानगर प्रमुख रेणु दाहाल हुन् । उनी प्रधानमन्त्री प्रचण्डकी पुत्री हुन् ।

बिहीबार महानगर प्रमुख रेणुसमेत सहभागी उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या समाधान गरेर निर्माण प्रक्रिया अघि बढाउने वचन दिएका हुन् । उक्त रंगशाला निर्माणका क्रममा सामान ल्याएको उधारो र ऋण करिब १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको फाउन्डेसनले बताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here