तनहुँ :
बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका अभिनेता पल शाह तनहुँ जिल्ला कारागारको नयाँ भवनमा छन्। त्यहाँका हरेक ब्लकमा ३० जनाका दरले कैदीबन्दी अट्छन्। तर पल शाहलाई राखिएको ‘बी’ ब्लकमा २० जना मात्रै छन्। कारागारको यो नयाँ भवन हो।
दुईतले भवनको माथिल्लो तलामा सुत्ने/बस्ने व्यवस्था छ भने तल्लो तलामा खाना खाने, खेल्ने र लाइब्रेरी।
शाह कारागारको बन्दी बनेको ३ दिन मात्रै भयो। तर उनका ‘रुम पार्टनर’हरूले कारागार प्रशासनसँग भनेका छन्, ‘उहाँ त कस्तो फ्र्यांक हुनुहुँदो रहेछ। कति छिटो घुलमिल हुनु भो!’ यो तीन दिनमै उनी आफ्नो ब्लकका अन्य कैदीबन्दीसँग घुलमिल भइसकेका हुन्। करिब ५ सय पुस्तकसहितको लाइब्रेरी छ। बेलाबेला पुस्तक पढ्छन्। तर उनलाई आफन्त भेटघाटमै भ्याइनभ्याइ हुन्छ। हेर्नुस –















