धर्ती माताको महायज्ञमा यस्तो अचम्मको शक्ती देखियो, अब देशमा यस्ता अनिष्टहरु आउदै, एक वर्ष जेल बसेर निस्केका अभिनेता पूर्ण विक्रम शाह(पल शाह) ले पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । जेल जीवन बिताउनुपूर्व पल यस्ता कार्यक्रमहरुमा एक्लै जाने गर्थे ।
तर यसपालि उनले पहिलो कार्यक्रममै केही सहयोगीसँगै बहिनीलाई लिएर पुगेका हुन् । पललाई जेलबाट निकाल्न बहिनी रोसनीले सुरुदेखि निकै संघर्ष गरेकी थिइन् । रुकुम महोत्सवमा पुगेका उनले एक वर्षअघि नै युट्युबमा रिलिज भइसकेको ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेको उनले बताए ।
दर्शकले भीडबाट फिल्ममा पनि चाँडै फर्कनुपर्छ भनेर हुटिङ गर्न थालेपछि चाँडै फिल्ममा समेत फर्किने तयारीमा रहेको उनले बताए । महोत्सवमा उनले आफू अभिनित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’को चर्चित गीत ‘तिम्रो घरको वरिपरि’ गाएर सुनाएका थिए । गत महिना तनहुँ कारागारबाट रिहा भएपछि पल घरमै आराम गरिरहेका छन् ।
निकट स्रोतका उनका अनुसार उनी केही फिल्मको तयारीमा समेत छन् । उनले महोत्सवमा नाचगानसँगै उनले सबैलाई आफ्नो जेलजीवनबारे केही किस्साहरु सुनाए । उनले जेलकोे नाम सुन्ने बित्तिकै आफूलाई डर लाग्ने बताए । एक वर्ष बिताएर आएको त्यो ठाउँलाई जेल नभएर विश्वविद्यालय मानेको पनि उनले उल्लेख गरे । पलले भने, ‘म एक वर्ष जेलमा बसेँ ।
जेल भन्ने बित्तिकै अहिले मलाई डर लाग्छ । तर त्यसलाई म जेल भन्दिनँ । म त्यसलाई विश्वविद्यालय भन्छु ।’जेलबाट निस्केपछि आफूले हजारौँको संख्यामा आमाबुवा पाएको पलले बताए । ‘जेल जानुअघि मलाई मेरो घरमा एउटा आमा, एउटा बुवा, एउटा दाई र एउटा बहिनी छ जस्तो लाग्थ्यो ।
तर जेलमा बस्दाखेरि वा भनौँ विश्वविद्यालयमा पढ्दै गर्दाखेरि मैले लाखौँ हजारौँ आमा, बुवा र दिदीबहिनीहरु पाएँ,’ उनले थपे। पलले सबैकोे प्रार्थना र आशिर्वादले आफू छिटो निस्केको बताउँदै सबैलाई धन्यवाद दिए ।
यता पल शाह नछुटेसम्म कपाल नकाट्ने भाकल गरेका जुरी ठाकुरले पनि अन्तत: कपाल काटेका छन् । जुरी ठाकुरको सैलुन छ । उनले पल शाह जेल जीवन बिताउनु पहिले पलको कपाल काट्ने गर्दथे ।















