नेपाल टेलिकम ले दियो अफरै अफर यसरी लिनुहोस Ntc पोस्टपेड अफर, ३३६ रुपैयाँमा एक महिना ढुक्क

0
3

नेपाल टेलिकम ले दियो अफरै अफर यसरी लिनुहोस Ntc पोस्टपेड अफर, ३३६ रुपैयाँमा एक महिना ढुक्क

काठमाडौं । नेपाल टेलिकमले सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले आजैदेखि लागू हुने गरी नयाँ अफरको रुपमा उक्त प्याकेज सार्वजनिक गरेको हो ।

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुने बताएको छ । ६ सय ३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १ सय मिनेट कल गर्न सकिने टेलिकमले जानकारी दिएको छ । उक्त अफरमा अन नेट १ सय ५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ ।

त्यसैगरी प्रत्येक दिन ३ सय एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३ सय एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले 14152*2# डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here