हामीले देख्ने सपनाबारे १२ रोचक तथ्यहरू, जुन तपाईंलाई थाहा छैन

0
3
हामीले देख्ने सपनाबारे १२ रोचक तथ्यहरू, जुन तपाईंलाई थाहा छैन
हामीले देख्ने सपनाबारे १२ रोचक तथ्यहरू

हामीले देख्ने सपनाबारे १२ रोचक तथ्यहरू, जुन तपाईंलाई थाहा छैन, निदाएको समयमा हामी सबै सपना देख्छौं । वैज्ञानिक तथ्यअनुसार ३ वर्षभन्दा बढी उमेरका सबै मानिसले सपना देख्ने गर्छन् । दिनमा होस् वा रातमा, यी दुवै समयमा मानिस निदाउँदा सपना देख्छन् । यहाँ त्यही सपनाबारे केहशी रोचक तथ्य प्रस्तुत गरिएको छ ।

१. मानिसलाई कहिल्यै पनि याद हुँदैन कि– सपना कहाँबाट सुरु भएको थियो ।
२. जसको दिमाग तेज हुन्छ, उनीहरूले धेरै नै सपना देख्ने गर्छन् ।
३. भर्खर जन्मेका वा ३ वर्षसम्मका बच्चाहरूले सपना देख्दैनन् ।
४. जन्मजात दृष्टिविहीनहरूले सपना देख्छन् । तिनीहरू सपनामा सुगन्ध र दुर्गन्ध अनुभूत गर्न सक्छन् । र, आवाज पनि सुन्न सक्छन् ।

५. हामी सपनामा तिनीहरूलाई मात्र देख्छौं, जसलाई हामीले वास्तविक जीवनमा देखेका छौं । आफूले कहिल्यै नदेखेकालाई मानिसले सपनामा देख्दैनन् ।
६. मान्छेहरू जो सपना देख्दैनन्, तिनीहरूलाई ‘पर्सनालिटी डिसअर्डर’ नामक रोग हुन्छ । अर्थात्, हरेक स्वस्थ मानिसले सपना देख्नैपर्छ ।

७. यदि तपाईं कसैको बारेमा खुलेको आँखाले सपना देख्नुहुन्छ भने तपाईं उसलाई याद गरिरहनुभएको छ ।
८. सुतेको अवस्थामा निन्द्राबाट ब्युँझेको १० मिनेटभित्र मानिसले ९० प्रतिशत सपना बिर्सिसकेका हुन्छन् ।

९. सपना मानिसले मात्रै हैन, जनावरले देख्न सक्छन् ।
१०. हामी सपनामा पढ्न सक्दैनौं । र, सपनामा देख्ने घडीको समय पनि हेर्न सक्दैनौं ।
११. धेरैलाई पत्यार नलाग्न सक्छ कि– एक व्यक्तिले आफ्नो जीवनको कूल आयुमध्ये ६ वर्ष सपना हेरेर नै बिताउँछ ।
१२. सुन्दा हाँसो लाग्न सक्छ । तर, यो साँचो हो कि– जबसम्म रंगीन टिभी आएको थिएन, धेरैले आफ्नो सपना ब्ल्याक एन्ड ह्वाइटमा देख्ने गर्थे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here