‘सुपरकम्प्युटर’द्वारा कतार विश्वकपको दुनियाँलाई रोमान्चित बनाउने भविष्यवाणी

0
4
‘सुपरकम्प्युटर’द्वारा कतार विश्वकपको दुनियाँलाई रोमान्चित बनाउने भविष्यवाणी

‘सुपरकम्प्युटर’द्वारा कतार विश्वकपको दुनियाँलाई रोमान्चित बनाउने भविष्यवाणी, दिनगन्तिका हिसाबले कतार विश्वकप फुटबल सुरु हुन अब मात्रै २० दिन बाँकी छ । आजका दिनले २० दिनमा विश्वकपको उद्घाटन खेल हुनेछ । प्रतियोगिता नजिकै आइरहँदा यस विश्वकपको उपाधि कसले जित्ला ? कुन–कुन टिम मुख्य दाबेदार रहेका छन् ? आदि प्रश्न बढिरहेका छन् । यस विषयमा मानिसले आ–आफ्नो धारणा राखिरहेका छन् भने खेलपण्डितहरूले आ–आफ्नो विश्लेषण गरिरहेका छन् । फुटबल फ्यानले आफूलाई मनपर्ने टिम र खेलाडीको पक्षमा दाबी गरिरहेका छन् । विभिन्न अनलाइन सर्वेक्षणहरूले सम्भावित नतिजाबारे भोटिङ गरिरहेका छन् । यी यावत् कुराले विश्वकपको रौनक झन् बढाउँदै लगेको छ ।

यसैबीच, एक सुपरकम्प्युटरले तीन सातापछि सुरु हुने विश्वकपलाई लिएर एक रोमाञ्चक भविष्यवाणी गरेको छ, जसले सिंगो फुटबल जगतलाई रोमाञ्चकता प्रदान गर्न सक्छ । अर्थात्, यो भविष्यवाणी वास्तवमै भएको खण्डमा सम्भवतः यो हालसम्मकै सबैभन्दा रोमाञ्चक विश्वकप पनि हुनेछ । तर, यो केवल भविष्यवाणी हो । खासमा सुपरकम्प्युटरले गरेको भवियवाणी कस्तो छ ? अब यसबारे कुरा गरौं । सुपरकम्प्युटरका अनुसार कतार विश्वकपको उपाधि लियोनल मेस्सीको टिम अर्जेन्टिनाले जित्ने प्रक्षेपण गरिएको छ ।

‘बिसिए रिसर्च’को सिद्धान्तमा आधारित भएर सो सुपरकम्प्युटरले विश्वकपबारे गरेको रोचक भविष्यवणी अनुसार फाइनलमा मेस्सीको देश अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको देश पोर्चुगलको भिडन्त हुनेछ । र, त्यहाँ पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले पोर्चुगललाई हराएर विश्वकप जित्नेछ । सम्झिँदै यो प्रक्षेपण कति रोमाञ्चक लाग्न सक्छ । किनभने, विश्वकपको फाइनलमा दुई दशक आपसमा खास प्रतिस्पर्धी भएर खेलेका मेस्सी र रोनाल्डोको देश पोर्चुगल–अर्जेन्टिना भिडेको हेर्ने मन कसको नहोला र ! कतार विश्वकपमा यस्तै हुन सक्ने सुपरकम्प्युटरको भविष्यवाणी अहिले चर्चामा छ ।

यो भविष्यवाणी ‘इए स्पोर्ट्स फिफा २०२३’ गेमका आधारमा खेलाडीको व्यक्तिगत विवरणलाई मुख्य आधार मानेर गरिएको उल्लेख छ । जसमा पछिल्ला ४ वर्षको विश्वकपको १९२ समूह चरण र ६४ नकआउट चरणको समग्र तथ्यांकलाई पनि केलाइएको छ । यसै आधारमा यो कतार विश्वपको फाइलनमा पोर्चुगल र अर्जेन्टिनाको भेट हुने रोचक प्रक्षेपण गरिएको हो । यो प्रक्षेपणलाई अहिले धेरै मानिसले चासोसाथ हेरिरहेका छन् । यसको कारण रोनाल्डो र मेस्सीको भिडन्त विश्वकपको फाइनलम हेर्न पाउन सक्ने सम्भावना पनि हो । यदि यस्तो भए यो विश्वकप कति स्मरणीय हुनेवाला छ, सबैले अनुमान गर्न सक्छन् ।

कतार विश्वकपमा अर्जेन्टिना समूह ‘सी’मा परेको छ । सो समूहमा अर्जेन्टिनासँगै मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया परेका छन् । पोर्चुगल समूह ‘एच’मा परेको छ । सो समूहमा उरुग्वे, घाना र दक्षिण कोरिया रहेका छन् । मेस्सीको देश अर्जेन्टिना रहेको समूह रोनाल्डोको देश पोर्चुगलको समूहभन्दा कमजोर मानिन्छ । मेस्सीको देशलाई टक्कर दिन सक्ने टिम खास छैनन् । तर, पोर्चुगललाई उरुग्वे र दक्षिण कोरिया दुवै देशले कठिनाइमा पार्न सक्छन् । यद्यपि, यी दुवै देश आ–आफ्नो समूहबाट विजेता बनेर अन्तिम १६ मा जान सक्ने दाबेदार देश भने हुन् ।

समूह चरणको ड्र यस्तो परेको छ कि, यदि अर्जेन्टिनाले अन्तिम १६ मा फ्रान्सको सामना गर्नुपर्ने हुन सक्छ । र, पोर्चुगलले अन्तिम १६ मा ब्राजिलको । यदि समूह चरणमा ब्राजिल र पोर्चुगल दुई देश एक विजेता र अर्को उपविजेता बने अन्तिम १६ मा यी दुई हेभिवेट देश भिड्नेछन् । उता, यही नियम अर्जेन्टिना र फ्रान्सको केसमा पनि लागू हुनेछ । अर्जेन्टिना र फ्रान्स दुवै समूह विजेता बन्न नसके उनीहरूले एकअर्काको सामना अन्तिम १६ मै गर्नुपर्ने हुन सक्छ । यस्तै भए अर्जेन्टिना र पोर्चुगल दुवै अन्तिम १६ मै धरापमा पर्नेछन् । किनभने, फ्रान्स र ब्राजिलले दुवैले अर्जेन्टिना र पोर्चुगललाई सोत्तर पार्न सक्छन् ।

सन् २०१८ को रसिया विश्वकपमा अर्जेन्टिना र फ्रानस अन्तिम १६ मै भिडेका थिए, जहाँ फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराएर आउट गराएको थियो । पछि फ्रान्स च्याम्पियन नै बन्यो । उता, पोर्चुगललाई भने अन्तिम १६ मा उरुग्वेले हराएको थियो । तर, यसपटक पोर्चुगल र उरुग्वेको भिडन्त समूह चरणमै हुने भएको छ । धेरै प्रक्षेपणहरूले के दाबी गरेका छन् भने, अर्जेन्टिना विश्वकपको टप–३ दाबेदारमा पर्छ । तर, पोर्चुगललाई मुख्य दाबेदार नै मानिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here