काभ्रेस्थली ह’त्याका’ण्डमा मुख्य नाईके अर्कै भएको खुलासा (हेर्नुस् भिडियो)

0
2

काभ्रेस्थली ह,त्याका,ण्डमा मुख्य नाईके अर्कै भएको खुलासा भएको छ । सबै चकित भएर अहिले अनुसन्धान भाईरहेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित पदमसालमा सोमबार बिहान ८ बजेतिर आर्मी स्कुलको गाडी रोकियो। गोरखा भिमसेनथापा गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश पाण्डेकी छोरी आशिका सैनिक स्कुलमा पढ्थिन्।

गाडी धेरैबेर रोकियो तर आशिका बस चढ्न आइनन्। स्कुलका स्टाफले बोलाइदिन आग्रह गरेपछि एकजना छिमेकी पाण्डेको घरमा गए। पदमसालस्थित मुल सडकबाट करिब २ सय मिटरभित्र रहेको एकतले घरको ढोका खुलेन।

झ्यालबाट हेर्दा विभत्स दृश्य देखियो। दिनेश पत्नी ३९ वर्षकी सुनिता भुइँमा मृत अवस्थामा पल्टिरहेकी थिइन्। खाटमा दुई नाबालक १३ वर्षीया छोरी आशिका र ८ वर्षका आशिक मृत अवस्थामा थिए । दिनेशलाई छिमेकीले देखेनन् ।

प्रहरी पुगेर ढोका फुटाउँदा दिनेश पनि अर्को कोठामा मृत अवस्थामा पल्टिरहेका थिए । दिनेशको पेटमा चक्कुले रोपेको डोब थियो । घाँटीमा बिजुलीको तार बाँधिएको थियो ।

झुण्डिने प्रयास गरेको तर, उनी झुण्डिन नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरुले दिनेशले आफ्ना सन्तान र पत्नीको हत्यापछि आत्महत्या गरेको निष्कर्ष निकालेका छन्।

‘हत्यापछि आत्महत्या गरेको हाम्रो प्रारम्भिक अनुसन्धान निष्कर्ष छ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीसँग भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।

घटनास्थलबाट प्रहरीले १० पेज लामो सुसाइड नोट बरामद गरेको छ। दिनेशले सुरुमा पत्नीसँग आफ्नो लामो गुनासो लेखेका छन्। खाडी मुलुकमा चर्को घाममा पसिना बगाएर फर्केको तर, सुनिताका दाजुभाइले आफ्नो परिवार सखाप बनाएको दिनेशको आरोप छ।

https://youtu.be/wlqYf1jcI-g

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here