नम्रता श्रेष्ठका कारण एकाएक चम्कियो ऋचा शर्माको भाग्य
‘वि`वाद’ले रोकिएको फिल्म प्रसादमा अब नम्रताले अभिनय नर्गने भएकी छन् । प्रसाद’मा शिर्ष भूमिका निर्वाह गरेकी नम्रता ‘प्रसाद २’मा भने नदेखिने भएकी हुन् । दोस्रो श्रृंखलामा दर्शकले नम्रता श्रेष्ठलाई हेर्न नपाउने भएपछि उनका फ्यानहरु निराश भएका छन् ।‘विवाद’ले रोकिएको फिल्मको आगामी छायांकन मंसिर ७ गतेदेखि सुरु गर्ने लिखित सहमति भइसकेको छ ।नम्रताको ठाउँमा अब ऋचा शर्मा देखिने सम्भावना बलियो रहेको बताइएको छ ।
निर्देशक सुदर्शन थापा र निर्माताले ऋचालाई प्रस्ताव राखिसकेका छन् भने ऋचाले पनि स्क्रिप्ट मन पराएकी छन् । फिल्म ऋचा विपिन कार्कीको अपोजिटमा देखिने भएकी छन् । सुशील पौडेलले लेखेको फिल्मको पहिलो श्रृंखलाले बक्स अफिस र समीक्षात्मक दुवै हिसाबमा राम्रो सफलता प्राप्त गरेको थियो ।
याे पनि,निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर हटाउन निर्देशन:निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि टाँगिएका ब्यानर, तुल लगायतका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।निर्वाचन प्रचारका लागि ब्यानर, तुल, भित्तेलेखन प्रतिबन्ध रहे पनि केही क्षेत्रमा प्रयोग भएको पाइएपछि आयोगले प्रमुख जिल्ला अधिकारीहरुमार्फत् यस्तो निर्देशन दिएको हो ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले उम्मेदवारले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएकाले रोक्न भनिएको बताए ।सम्बन्धित उम्मेदवारलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई उनले आग्रह गरे ।सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन चुनाव चिह्नको प्रयोग भएको छ त्यही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख छ ।














