सन्दिप प्रकरण : सन्दीपले किशोरीलाई अर्को होटेलमा पनि राखेको खुलासा, प्रहरीले फेला पार्यो यस्तो प्रमाण

0
1

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिग किशोरीलाई भक्तपुरको चाँगुनारायणस्थित रिसोर्टमा दुई घण्टा राखेको भेटिएको खुलासा भएको छ ।

अनुसन्धानमा खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका–८ सुडालस्थित बोजिनी रिसोर्टमा सन्दीप र नाबालिग इन्ट्री भएको प्रमाण लगबुक भेटाएको हो ।

भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’मा लगेर पटक–पटक बलात्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ ।

घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ । प्रहरी वृत गौशालाका अनुसन्धान अधिकृतले बोजिनी रिसोर्टमा पुगेर लगबुक र सिसिटिभी चेकजाँच गरेका छन् ।

होटलको लगबुकमा सन्दीप साँझ ८ बजे इन भएर १० बजेर २२ मिनेटमा बाहिर निस्केको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । त्यहाँबाट निस्केपछि सन्दीपले ति बालिगलाई काठमाडौं ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । सन्दीपलाई पक्राउ गर्न आजै जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । उनीविरुद्ध उजुरी भने मंगलबार परेको थियो । घटनास्थल भनिएको एयरपोर्टस्थित ‘काठमाडौं इन’ होटल बाट पनि प्रहरीले क्लोज सर्किट (सिसी) क्यामराका दृश्य संकलन गरेको छ ।

नाबालिग काठमाडौंका एक क्याम्पसमा कक्षा १२ मा पढ्छिन् । स्न्यापच्याट र हवाट्एप माफर्त कुराकानी भएपछि नाबालिकलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।

‘दिनभर नगरकोटमा घुमाए, त्यहाँको होटलमा बस्न बारम्बार दबाव दिएपनि मैले अस्वीकार गरेपछि काठमाडौं ल्याए’ प्रहरीमा दर्ता भएको जाहेरीमा भनिएको छ, ‘काठमाडौं आइपुग्दा मेरो होस्टल बन्द भैसकेको थियो, त्यसैले उनले होटलमा बस्न प्रस्ताव गरेका हुन् ।’ लामिछाने अहिले क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागी जमैकामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here