अभिनेतृ आँचल शर्माले आफू नायक पल शाह (पूर्वाविक्रम शाह) लाई भेट्न गएको बताएकी छिन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा नायिका शर्माले आफू केही समयअघि पोखराबाट सुटिङकै क्रममा नायक पल शाहलाई भेट्न तँनहुको जे’लमा गएको बताएकी हुन् ।
उनले पल शाहले आफू नि’र्दोष रहेको र छिट्टै छुट्ने बताएको कुरा समेत खोलेकी छिन् । उनले भनिन्, ‘पल शाह मैले करियर सुरु गरेको ४ बर्षसम्म एकदम मिल्ने साथी हो । मेरो नजरमा उहाँ कसैलाई बिझाउने मान्छे होइन ।’ ‘पल शाहसँग तपाईको के कुरा भयो त ?’ भन्ने प्रश्न आँचलले हच्किदैँ सबै कुरा बताउन जरुरी नरहेको बताएकी छिन् ।
एक नावा लिग गायिकालाई ब’ला त्का र गरेको आ रो’पमा ‘पक्रा उ परेका कलाकार पल शाह यतिबेला तनहुँको जे लमा छन्। तनहुँ जिल्ला अ दालतले मु द्दाको पु र्पक्षका लागि शाहलाई जे ल च लान गर्ने आदेश दिएको हो।
यता, केकी अधिकारी र आँचल शर्मा स्टारर फिल्म ‘झिंगेदाउ’को ट्रेलर रिलिज भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलरमा अत्यन्तै मिल्ने दुई दाजुभाइको जीवनमा विवाहपछि आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।
३ मिनेट लामो ट्रेलरमा फिल्मका मुख्य कलाकार केकी, आँचल, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायत चित्रित छन् । फिल्ममा केकी र आँचल जेठानी देवरानी र मुकुन र कुशल दाजुभाइको भूमिकामा छन् ।
भदौ १७ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म भीमनिधि तिवारीको नाटकमा आधारित छ । फिल्म कपनगडी सिनेमा र क्रिउ नेपालको ब्यानरमा निर्माण भएको हो ।
प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको ‘झिंगेदाउ’मा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन र मित्र गुरुङको सम्पादन छ । सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता हुन्















