केटा ब्राह्मण केटी परियार अन्तरजातीय बिबाह, घर निकाला। परिवर्तन हुनुपर्छ पनि भन्छन अनि परिवर्तन को सुरुवात गर्दा पनि नानाथरी आलोचना र दुख। अन्तरजातीय बिहे गरेका यी दुई सुन्दर जोडी सन्तोष दवाडी र नितु परियार को अन्तरवार्ता हेरियो निकै भावुक बनायो। दुबैले आफूले माया गरेको मान्छे त पाए तर परिवारबाट टाढिनुपर्यो, परिवार र समाज सँग जीवनको नाता तोडियो, घर निकाला पनि भए छन धेरै दुख पाएछन यी जोडीले। जातकै आधारमा छुवाछूत गर्नु मानव सभ्यताकै धज्जि उडाउनु हो।
पशुहरुले त एकअर्कालाई छुवाछूत गर्दैनन् हामी त मानव हौ अलिकति इज्जत बचेको छ भने लाज मानौ। मानव सभ्यताको कलंकको रुपमा रहेको जातीय प्रथा अन्त्य गरौ। अन्तरजातीय बिबाह गर्ने यी सुन्दर जोडीलाई बधाई एवं सुन्दर भविष्यको कामना गर्दछौ !!
अन्य समाचार : काठमाडौं । अभिनेत्री मिरुना मगरले लण्डनको ब्रनेल विश्वविद्यालयबाट स्वर्णपदक जितेकी छन् । लण्डनको ब्रनेल विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण मात्र नगरी उनले ब्रनेल गोल्ड अवार्ड हात पार्न सफल भएकी हुन् ।
बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेकी हुन् । यसबारे सामाजिक सञ्जालबाट खुसी साट्दै उनले उतारचढावसहित आफूले यो उपलब्धि हासिल गरेको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन् ‘नगिन्ती बाधा र अड्चनको बाबजुद मास्टर्स डिग्री उत्तीर्ण गर्न पाउँदा र यसबीचमा फिल्मको छायांकन पनि सम्पन्न गर्न सकेकोमा म आफूलाई गौरवान्तित महसुस गर्छु । कैयौं निद्रारहित रातहरु, लकडाउनका शून्यताहरु र भित्रैदेखि मन भाँचिएका कैयौं क्षणको नतिजाको रुपमा यो उपलब्धि हासिल भएको छ । यो सहयोग र समर्थनको लागि मेरो परिवार र साथीहरुलाई धन्यवाद नदिइरहन सक्दिनँ । मेरो जीवनमा उनीहरुलाई पाएकोमा कृतज्ञ छु ।’
यसो त यहि वर्ष उनले केही तितोे अनुभब पनि बटुल्न पर्यो । यो वर्ष उनले फुर्वा लामा प्रकरणमा तानिएपनि उनी अभिनित फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर बन्यो । कबड्डी ४ अहिले पनि अहिले पनि हलमा चलिरहेको छ भने उनी अभिनित फिल्म ‘जारी’ प्रदर्शनको तयारीमा छ । फिल्मले ५१ दिन मनाउन सफल भइसकेको छ । फिल्ममा मिरुनाको अभिनयलाई दर्शकले अत्यन्तै मन पराएका छन् ।















