लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा नेपाली संगीत क्षेत्रको एउटा धरोहर हुन् पवन ओली ,हाल अमेरिका बसेरै दोहोरी क्षेत्रलाइ अग्र स्थानमा लान निरन्तर लाग्दै आएका ओलीले फेरी अर्को उत्कृष्ट सृजनालाई बजारमा ल्याएका छन ।
पवन ओली युटुब च्यानल मार्फत केहि दिन अगाडी मात्रै बजारमा आएको लोक दोहोरी गीत चौतारीमा हावा सरर चर्चामा रहेको छ। बाल गायक सुप्रिम मल्ल ठकुरी र लोकप्रिय गायिका सुनिता बुढा छेत्रीको सुमधुर आवाज रहेको उक्त गीत अहिले पवन ओलीले बजारमा ल्याएका हुन्।धेरै बर्ष अगाडी पवन ओलीले यो गीत बजारमा ल्याएका थिए अहिले नया पुस्ताका कलाकारलाई आवाज भर्न दिदै गीत सार्बजनिक गरेका हुन्।
पहिले भने उक्त गीतमा आवाज माधब भण्डारी पवन ओली र बिमा कुमारी दुराको रहेको थियो।गीतमा शब्द संगीत पनि पवन ओलीकै रहेको छ भने अभिनय बाल गायक सुप्रिम मल्ल ठकुरी र सुनिता बुढा छेत्री आफैले गरेका छन । अब हेर्नुस् पूरा म्युजिक भिडियाे:-















