राजेश पहिलो पटक ससुराली जाँदा सासुले ज्वाई भन्नुपर्ने ठाउँमा झुक्किएर राजेश दाई भनेपछि…

0
2

महानायक राजेश हमाल पहिलो पटक ससुराली जाँदा सासुले ज्वाई भन्नुपर्ने ठाउँमा झुक्किएर राजेश दाई चिकन थपौँ भनेपछि गर्जियो हाँसोको फोहोरा

, हाँस्दा हाँस्दै राजेश र मधुलाई खाना सर्कियो, त्यसपछि ज्वाईलाई राजेश दाई भनेको भन्दै मधु आफ्नै आमासँग रिसाइन्, त्यसपछि मधु अहिलेसम्म माइत गएकी छैनन्, हेर्नुहोस् सारा रहस्य राजेश हमालले यसरी खोले

शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा ल्याएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

सुनसरी — धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई पछिल्लो समय खानेपानीका लागि पकुवा खोलामा पुगेर श्रमदान गरिरहेका छन् । असार पहिलो साताबाटै प्रत्येक शनिबार उनी धरान ११ र २० वडाको सिमाना सर्दु खोलापारि खानेपानीको पाइप विस्तारमा स्थानीय बासिन्दासँगै खटिइरहेका छन् ।

भीरको बाटो हुँदै पाइप बिछ्याउन सहयोगका लागि उनले ‘हर्क साम्पाङ अ रिभोल्युसन’ नामको फेसबुक अकाउन्टमार्फत धरानवासीलाई आह्वान गर्दै आएका छन् ।

११ र १७ वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन नगर प्रमुख राई आफैं पकुवा खोलामा खटिएका हुन् । उनले अरूलाई हौस्याउँदै आफैं ढुंगा बोक्ने, पाइप घिसार्ने, बेल्चा हान्ने, गारो लगाउने र गिट्टी कुट्ने काम गरिरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले प्रशंसा गरिरहेका छन् भने कतिपयले उनलाई ‘कुल्ली मेयर’ को संज्ञा दिएका छन् । उपमहानगरको विकास निर्माण र उन्नतिका लागि नीति–निर्माण र निर्देशन गर्नुपर्नेमा आफैं दौडेको आरोप लगाएका छन् ।

उनको कामलाई स्थानीय युवायुवतीदेखि बुढापाकासम्मले साथ दिएका छन् । उनकै नेतृत्वमा पकुवा खोलामा खानेपानीका लागि ट्यांकी निर्माण भइसकेको छ भने पाइप बिछ्याउँदै आइरहेको ठाउँसम्म पानी परीक्षण पनि भइरहेको छ ।

स्थानीय तह चुनावमा उनले खानेपानीलाई मुख्य एजेन्डा बनाएका थिए । त्यसैका लागि पकुवा खोलामा धाइरहेका उनले सर्दु–खर्दु जलाधारको पानी संरक्षण गरेर नगरवासीलाई पानी खुवाउने योजना बनाएका छन् । त्यसले नपुगेमा सप्तकोसीको पानी ल्याउने बताएका छन् । सप्तकोसीबाट पानी ल्याउनका लागि सम्भाव्यता अध्ययनमा जुटिरहेको उनको भनाइ छ । खानेपानीका लागि जुटिरहे पनि प्रदेश र केन्द्रले असहयोग गर्ने र बजेट नदिने संकेत पाएपछि उनले सामाजिक सञ्जालमार्फत ‘खानेपानीको समस्या समाधान गर्न सहयोग हुँदैन भने प्रदेश सरकार र संघीय सरकारको खानेपानी मन्त्रालय बन्द गर्ने माग लिएर धर्ना बस्ने’ चेतावनी दिएका छन् ।

खानेपानी पाइपलाइन विस्तार गर्ने कामसँगै उनी अर्को काममा पनि जुटेका छन्– बाँदरका लागि फलफूलका बिरुवा रोप्ने । धरान–१, २, ३ र १२, १४ का बासिन्दालाई बाँदरले सताउँदै आएको छ । घरभित्र पसेर खाद्यान्न, लत्ताकपडा नष्ट गर्ने मात्र होइन, आक्रमण गर्ने र पसलका सामान पनि खाइदिने गर्छ ।

बाँदर आतंक सहन नसकेर अधिकांशले आफ्नो सुन्दर घरलाई अतिरिक्त खर्च गरेर वरिपरि फलामे ग्रिल लगाउने गरेका छन् । विजयपुर क्षेत्रको जंगलमा बासस्थान रहेका बाँदरले खाने फलफूलका रूखबिरुवा नभएकाले सहर पस्ने गरेको उनको निष्कर्ष छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here