महिला बेच्ने धरानकी सरिता १० वर्षको कैद भुक्तानको लागि कारागार चलान

0
1

काठमाडौं ।

धरान–१६ की एक महिलाले मानव बेचविखन तथा ओसार पसार मुद्दामा १० बर्ष जेल बस्नुपर्ने भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले धरान–१६ की ४६ वर्षीया सरिता भन्ने कृष्णकुमारी लिम्बूलाई पक्राउ गरेको थियो ।

अदालतले फैसला गरेपछि फरार उनलाई प्रहरीले पक्राउ गरेर कारागार चलान गरेको छ ।

जिल्ला अदालत सुनसरीको गत २०७८ जेठ २२ गतेको फैसलाले मानव बेचबिखन ओसारपसार मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो । सजाय भुक्तान नगरी फरार रहेकी उनलाई पक्रिएर जेल चलान गरियो ।

उनलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा मंगलबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी लिम्बूलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here