धरानको मेयर हर्क साम्पाङ्ले सरकारी गाडी बेचेर रोलर किने

0
1

धरान उपमहानगरपालिकाले मेयर चढ्न किनेको गाडी बिक्री गर्ने निर्णय गरेको छ।

मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय बिहीबार कार्यपालिकाले बैठकबाट पारित भएको हो।

उहाँले धेरैजसो आफ्नै बाइक प्रयोग गर्ने हो, गाडी चाहिएको छैन, त्यसैले काम लाग्दो अर्को साधन किन्ने निर्णय भएको हो,’ मेयरको सचिवालयले भन्यो, ‘अब बिक्रीका लागि कानुनी प्रक्रिया पूरा गर्ने काम सुरु भएको छ।’

यो पनि पढ्नुहोस स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार भने पछि आम मानिसको मनमा र मष्टिस्कमा बसेका मेयर हुन काठमान्डौका बालेन शाह धरानका हर्क साम्पाङ्ग र धनगढीका गोपी हमाल । अहिले निर्बाचित भएपछि भने सामाजिक सञ्जालमा निकै सक्रिय छन धरानका मेयर हर्क साम्पाङ्ग ।

उनले दिनभर गरेका आफ्ना कामहरु प्रचार गरिरहेका हुन्छन पनि त्यही अनुसार पछिल्लो समय उनको एउटा फोटो सामाजिक सञ्जालमा निकै भाईरल पनि भएको छ ।

काठमाडौँका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको चर्चा हुन थालेको करिब १ महिना भयो। चुनावअघि खासै चर्चामा नरहेका तर चुनावको पूर्वसन्ध्यामा एकाएक भा इरल बनेका यी दुई पात्रहरुले निर्वाचन जितेपछि पनि राम्रो काम गर्ने संकेत देखाएका छन्।

काठमाडौँमा बालेनले चमत्कार गरिरहँदा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले धरानमा कमाल गरिरहेका छन्। यसैबिच उनले पानीको मुहान खानेपानीको जलाधार क्षेत्रमा सुरक्षामा खटिएका नगरप्रहरीलाई भेट्न जाँदा खाजा र पानी बोकेर पुगेको एउटा तस्विर अहिले भाइरल बनिरहेको छ।

पहरामा रहेका नगरप्रहरीको लागि खाजा र पानी बोकेर पुगेका मेयर साम्पाङ्गले त्यहाँ नगरप्रहरीले भोगिरहेका समस्या बारेमा सोधपुछ समेत गरेको बताइएको छ। साम्पाङ्गले नगरप्रहरीलाई खानेपानीको मुहानमा दिशापिसाव गर्न अटेर गर्नेहरु भए नभएको बुझ्दै यदि कोही कसैले अटेर गरे गाडीको नम्बर नोट गर्न नगरप्रहरीलाई निर्देशन दिएका थिए।

उनले अरु नगरप्रहरीको आवश्यकता रहे नरहेको समेत बुझेर मानवता देखाएका छन्। उनले धरानमा स्वतन्त्र रुपमा बाजी मारेसँगै तत्कालै खानेपानीको मुहान क्षेत्रमा सरसफाई गरी पानीको मुहानको सुरक्षाको लागि नगरप्रहरीको परिचालन गरिएको थियो।

उनले खानेपानीको मुहान क्षेत्रमा नुहाउने, दिशापिसाव गर्ने कार्य बन्द गर्न एक सिफ्टमा ३ जनाको दरले नगरप्रहरी परिचालन गरेसँगै पानीको मुहानमा दिशापिसाव गर्ने र फोहोर फाल्न रोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here