शनिबारदेखि फुस्रेखोलामा बे’पत्ता भएका गुरुङको श’व फेला

0
1

शनिबारदेखि फुस्रे खोलामा बेपत्ता भएका स्याङ्गजाका युवकको श”व फेला परेको छ। शनिबार साथीहरुसहित पौडी खेल्ने क्रममा दोबिल्लाबाट बेपत्ता भएका स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका वडा नं -७ बेशीगाउँ निवासी पूर्ण गुरुङको शव आज फेला परेको हो।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार गुरुङको श’व पोखरा महानगरपालिका -३३ मुसीटुडा भन्ने स्थानमा सोमबार बिहान ८ :३० बजेको समयमा पानीमा डुबेको अवस्थामा फे”ला परेको हो।

प्रवक्ता तिवारीका अनुसार मृतकका दाई तेल बहादुर गुरुङले शवको सनाखत गरिसकेका छन्। गुरुङ बेपत्ता भए लगत्तै एपिएफ र नेपाल प्रहरीको एक्सपर्ट टिम खोजीकार्यका लागि जुटेको थियो।

यस्तै,,नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गरेको बताएका छन्। मन्त्रालयले समस्या समाधान नगरी जनतासँग धम्कीको भाषा प्रयोग गरेको बताउँदै नागरिकबाट अवज्ञा हुनसक्ने चेतावनी समेत दिए।

उनले दण्ड जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने खोजेको भन्दै आपत्ति जनाए। जब”र्जस्तीलाई बन्द गरियोस् र होइन भने नागरिकले अवज्ञा गर्ने उनले बताए। यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर जडान नगरे साउन १ गतेदेखि कारबाही गर्ने सूचना निकालेपछि थापाले यसको विरोध गरेका हुन्।

वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयन नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने पनि विभागले जनाएको छ।

२०७३ सालदेखि इम्बोस्ड नम्बर प्लेट जडान थालिएको थियो। सरकारले गएको कात्तिक २२ मा राजपत्रमा सूचना निकालेर प्रदेशको नामाकरण भएका वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको थियो। अहिले प्रदेश–२ को नामाकरण भइसकेको छ भने अब प्रदेश–१ को मात्रै नामाकरण बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here