काठमाडौं । मतदाता परिचयपत्र गराउन अब आफ्नो जिल्ला जान नपर्ने। जहां हुनुहुन्छ त्यतै बाट बनाउन मिल्ने। यस्तो छ प्रक्रिया, निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ ।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो ।
‘१ असारबाट नामावली दर्ता खुला गर्ने विषयमा छलफल भएको छ अब जिल्लाबाहिर बसाइँ रहे पनि जहाँ बसोबास छ त्यही जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्नेगरी तयारी गर्दै छ,’ आयोगका एक जना निर्वाचन आयुक्तले भने ।याे खबर आजको राजधानी दैनिकमा छ ।
यो पनि:काठमाडौ । अहिलेको अवस्था देखेर कसैलाईपनि नहेप्नु । किनकी हरेक मानिसका दिन आउँछन् । कसैलाई भाग्यले चम्काउँछ त कसैलाई परिश्रमले चम्काउँछ ।भारतको तेलंगानाको जनगाँव जिल्लाको पेम्बर्थीमा एक मानिसका लागि यस्तै भएको छ । एक गरिब किसानको आँखा उज्यालो भयो जब बिहीबार बाँझो जमिन खन्ने क्रममा सुनले भरिएको भाँडो भेटियो ।
किसान नरसिंहले ५ किलो सुन सहित अरु बहुमूल्य गहनाले भरिएको माटोको भाँडो फेला पारे। त्यसको लागत करिब २ करोड रुपैयाँ छ। एक हजार देख्न धौ–धौ पर्ने किसानको हातमा एकै पटक २ करोड परेको छ । खजाना भेटिएको खबर चैत्रमा खरमा लागेको आगो जस्तै फैलियो र सयौं मानिसहरु भेला भए। प्रशासनका मानिसहरु पनि हतारमा घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरे। सुन बरामद गरी जाँचको लागि पठाइएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****















