प्रकाश पराजुली र अस्मिता अधिकारीको आवाजमा नयाँ गीत “सरर भागौला” सार्वजनिक (भिडियो सहित)

0
1

काठमाडौं – नेपाली गीत संगीतको बजारमा नयाँ बर्षको अवसर पारी एक पछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतहरु बजारमा आइरहेका छन् । यसै क्रममा दोहोरी अन्तर्गत नेपालकै पहिलो अनि ठूलो रियालिटी सो दोहोरी च्याम्पियनका बिजेता सुमधुर स्वर तथा शब्दका धनी गायक प्रकाश पराजुली र गायिका अस्मिता अधिकारीको आवाजमा नयाँ गीत “सरर भागौला” सार्बजनिक भएको छ।

उक्त गीत आइतबार “प्रकाश पराजुली”नामक अफिसियल युट्युब च्यानल बाट बजारमा आएको हो।पछिल्लो समय बजारमा नेपाली गीत संगीतहरु चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । कति गित संगीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् भने कतिपए तयारी अवस्थामा छन् ।

यसै सन्दर्भ कयौ गीत संगीत हरुले राम्रो बजार पाएको छ साथै दर्शक श्रोताहरुबाट माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । माया प्रेमका कथा बिषय बस्तुले समेटिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर प्रायःजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउने गर्दछन ।

लोकप्रिय गायक प्रकाश पराजुली र अस्मिता अधिकारीले गाएको उक्त गितमा गायक पराजुलिकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा माया प्रेमकै विषयवस्तु दर्शाईएको छ ।

सुनिल क्षेत्रीको निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको गितको म्युजिक भिडियोमा सुनिल क्षेत्री,गीता ढुंगाना,रश्मि भट्ट,लोमस शर्मा,सुरेन्द्र बस्याल,जोन बम,अस्मिता रनपाल,सृष्टि वाग्ले र जुनु एसडिको फिचर एवम् अभिनय रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई करण चैसिरको छायांकन एवम् बिकाश ज्ञावलिको सम्पादन रहेको छ ।

गीतको पूरा भिडियो हेर्नुहोस:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here