छिमेकी दाइले खुलाए सबै कुरा त्यो दिन यस्तो भएको रहेछ – हेर्नुहोस भिडियो

0
1

तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ३० चैतमा शंकास्पद मृत्यु भएकी अमृता खत्री टण्डनले मृ”त्यु हुनुभन्दा अघि आफूलाई उद्धार गर्न दाजुसँग सहयोग मागेको खुलेको छ । दाजु पुष्पक खत्रीलाई राति साढे ९ बजे फेसबुक म्यासेञ्जरमा कुरा गरेकी उनले लेखेकी छन्, ‘दाइ म मर्न चाहन्न, मलाई यहाँ (घर) बाट निकाल्नुस् ।’ तर त्यस्तो म्यासेज लेखेको आधा घण्टामै वि”ष सेवनबाट उनको मृ”त्यु भएको खबर आएको माइती पक्षले बताएको छ । त्यो साँझ अमृता राति साढे ८ बजेसम्म माइती घरमै थिइन् ।

इलाका प्र”हरी कार्यालय बुटवलका अनुसार अमृतालाई राति ९ बजेर ४५ मिनेटमा अस्पताल पु¥याइएको थियो । अस्पतालले ९ बजेर ५० मिनेटमा अमृताको पहिल्यै मृ”त्यु भइसकेको जानकारी गराएको थियो । माइती पक्षले अमृताले विष सेवन गर्ने कुनै आधार नभएको भन्दै योजनावद्ध ह”त्या गर्न विष सेवन गराएकोहुन सक्ने बताएको छ । ‘छोेरीले मर्ने कुरा कहिल्यै गरिन, बरु छुट्टिएर एक्लै बस्छु भन्थी’, आमा सावित्राले भनिन्, ‘यो आ”त्मह”त्या हुँदै होइन ।’

तीन पटकसम्म श्रीमान प्रेम टण्डनले फोन गरेको र घर नआए छोरालाई जे पनि हुन सक्ने धम्की दिएपछि घर गएकी अमृताकी आमा सावित्राले पत्रकारहरुसँग बताइन् । माइतबाट घर गएको करिव ४० मिनेट पछि राती ९ः१४ मा अमृताले म्यासेजमा लेखेकी थिइन्, ‘माइतीले भन्छन् घर जा, घरकाले भन्छन् तेरो माइत जा, चेलीको जिन्दगी पनि कस्तो रु घर न घाटको अब त्यो चेली कहाँ जाने .

त्यसपछि उनीहरुको कुराकानी भएन । पुष्पकले बहिनीलाई तत्काल फोन गरे तर फोन स्वीच अफ थियो । त्यसपछि अमृताले वि”ष सेवन गरेको भन्दै श्रीमान् प्रेम टण्डनले लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए । दाजु पुष्पकले उपलब्ध गराएको म्यासेजको स्क्रिन सटमा अमृताले लेखेकी छन्, ‘दाई म मर्न चाहन्न, म यहाँ बस्न नि सक्दिन, दाइ हजुरको बोझ नि हुन चाहन्न, प्लिज दाई मलाई यहाँबाट निकाल्न हेल्प गर्नु म निस्किन्छु ।’ त्यसपछि पुष्पकले भोलि भाञ्जा लिएर आइज, कुरा गरौंला भनेका थिए ।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here