नाबालिका गायिकाले बयान फेरेपछी पुजा शर्माले भनिन “धन्यवाद भगवान !”

0
1

अभिनेता पल शाह ब-ला-त्का-र प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । अभिनेता शाहमाथि ब-ला-त्का-रको आरोप लगाउने नाबालिगले आफ्नो बयान फेरेकी छन्

आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । कानुन व्यवसायीका अनुसार पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

पीडितले नै बयान फेरेपछि अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा लेख्दै भगवानलाई धन्यवाद दिएकी छन् । शर्माले यस प्रकरणको सुरुवातदेखि पल शाहलाई साथ दिँदै आएकी थिइन् ।

उता, पीडितको पक्षमा रहेकी अधिवक्ता मोहना अन्सारीले भने सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, पुरुषार्थ को विजय कसरी हुन्छ । आज साक्षी भइयो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here