कारागारमा पलको अ’वस्था हेरेर फर्किएका पलका मिल्ने साथी रुँ’दै मिडियामा (भिडियो सहित)

0
3

पल शाहलाई यतिबेला जिल्ला अदालत तनहुँ र नवलपरासीले पुर्पक्षका लागि भन्दै थुनामा पठाइसकेको छ। सधैँजसो शुटिङ मा व्यस्त रहने, साथीहरूसँग समय बिताउने पल शाहलाई यसरी विभिन्न कैदी बन्दीहरूका बीचमा निन्याउरो अनुहार लगाएर बसिरहेको भिडियो केही समय अगाडि सामाजिक संजाल टिकटक र फेसबुकमा समेत बाहिरिन पुगेको थियो जसले पल शाहका शुभचिन्तक एवम् प्रशंसकहरू तथा आफन्तलाई समेत नराम्रो असर पुर्‍याउन गएको थियो।

भर्खरै मात्रै पललाई कारागारमा भेट्न गएका पलका म्यानेजर र उनका साथी गणेश गिरीले उनको अवस्था बुझ्दा उनी अलिक निराश मुद्रामा, झोक्राएको जस्तो देखिन्थे।

उनको स्वास्थ्य अवस्थाको बारेमा बुझ्दा उनी पहिले भन्दा केही दुब्लाएको जस्तो देखिन्थ्यो। बाहिर नाचिरहेको, खेलिरहेको मान्छे भित्र त्यसरी छट्पटी भएर सिमीत हुनुपर्दा अलिक लट्टिएको जस्तो पनि देख्न सकिन्थ्यो उसलाई।

पलका साथी गणेश रुँदै भन्छन्,”हिजो हिरासतमा राख्दा पनि मैले पललाई त्यो अवस्थामा देख्या थिइन।खै कसले यस्तो भिडियो लिक गरिदिनुभयो, हेर्दा सारै दुख लागेको छ। पलको बुबा आमा लाई पनि अहिलेसम्म त्यहाँ जान दिइएको छैन।

आमा त झन् एक किसिमको सिरियस बिरामी पनि हुनुहुन्छ भनेको सुन्या छु।”साथीहरूको बीचमा उनी प्राय जतिसुकै तनाव भएपनी हाँसीमजाक गर्दै रमाइलोमा हिँड्ने गर्दथिए। (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here