काठमाडौं । नायीका पुजा शर्मा अहिले खुसी छन् । उनको फिल्मले राम्रो ब्यापार गरेको छ । अभिनेता पल शाह हिरासतमा गएको बेला उनले दिएको अभिब्यक्तिका कारण उनी विवादित बनेकी थिइन् । उनी नेपालमा सर्वाधिक ट्रोल हुने कलाकारको सूचीमा पर्छिन । बिचार नगरी दिने अभिब्यक्तिका कारण उनी बारम्बार ट्रोल बन्छिन् । अहिले भने उनले पत्रकारसंग दुरी बनाएकी छन् ।
हालै पल शाह प्रकरणमा पनि उनी निकै विवादमा परेकी थिइन् । उनले कर णीका विषयमा दिएको प्रतिकृयाले उनी ट्रोल भइन् । त्यसपछि पनि उनले पल शाहको पक्षमा अभिव्यक्ति दिई नै रहिन् ।
फिल्म हिट भएयता भने पूजा मिडियाबाट अलि दुरी बनाइरहेकी छन् । उनी कुनै कार्यक्रममा देखिएकी थिइनन् । तर उनको नयाँ म्युजिक भिडियोको प्रमोशनमा देखिएकी पुजाले पत्रकार र प्रहरीका बारेमा दिएको अभिब्यक्तिले उनी असन्तुष्ट रहेको बुझिएको छ । उनी आफू अभिनीत नयाँ म्युजिक भिडियो ‘नथिया’ रिलिजका अवसरमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएकी थिइन् । त्यस क्रममा पूजाले ‘मिडिया र पुलिस’ प्रति आफ्नो असन्तुष्टि प्रकट गरेकी छन् ।
उनले भनिन्, ‘मैले यो वर्ष धेरै कुरा सिकिसकेँ । पत्रकार र पुलिस कहिल्यै आफ्नो हुँदैन‘ यो लेसन हो मेरो लागि ‘ सबै जनालाई आ–आफ्नो ठाउँमा राख्न सक्नु पर्दो रहेछ‘ धेरै नजिक पनि हैन धेरै टाढा पनि हैन, ठिक्कको राख्नु पर्ने रहेछ ।’उनले त्यती मात्र भनिन् बरु ‘दुई तीन दिनमा आफूले केही गर्ने’ अमूर्त चेतावनी पनि दिइन् । तर के गर्दैछिन् भन्ने कुरा भने खुलाइनन् । .














