नेपालमा यस्तो पनि गाउँ छ । जहाँ यु’वतीहरुले केटा नपाउँदा वैवाहिक सम्बन्ध राख्न पाएका छैनन् । सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट गाउँहरुको हो ।
बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बि’हे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ । अहिलेसम्म उनको लगन जुरेको छैन । ‘गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बि’हे भएको छैन, कतिको बि’हे नभएरै कपाल फुलिसक्यो,’ गुरुङले भनिन् ।
उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बि’हे गर्ने उमेरका तर नभएका यु’वती छन् । बि’हे गर्ने उमेरका यु’वती धेरै हुने, यु’वक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका यु’वतीको बि’हे नभएको स्थानीय बताउँछन् ।
मैले एक कक्षा पनि पढिनँ, घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बि’हे गर्थ्यो रु’ स्थानीय देवानी गुरुङले भनिन् । उनी अहिले ३५ वर्ष पुगिन् तर बि’हे भएको छैन । ‘छिमेकमा एकै घरमा दुईतीन जनाको बि’हे नभएको धेरै छन्, म त बूढी भएँ, भर्खरका बि’हे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन् ।’
देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन् । अब उनलाई बि’हे गरौं जस्तो पनि लाग्न छाडिसक्यो । ‘लगन जुरेन, कर्ममा नलेखेर होला नि,’ उनले भनिन्, ‘बि’हे गर्न कसलाई पो मन हुँदैन र१’ मसँगैको र बि’हे हुन बाँकी साना पनि थुप्रै छन् । ६ वर्षअघि आमाको मृ*त्यु भएपछि उनी भावविह्वल भएर घरबाट निस्किइन् ।
खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटल व्य’वसाय गरेर बसेकी छन् ।न्याकका स्थानीयले अहिले पनि छोरालाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन्। कतिपयले छोरीलाई पढाउँदैनन्। पढ्न, रोजगारीको सिलसिलामा सहर झरेका यु’वाले गाउँका केटी बि’हे नगर्दा थुप्रै यु’वतीको बि’हे भएको छैन।
अहिले गाउँमा यु’वतीको र बि’हे नभएका म’हिलाको सं’ख्या धेरै छ। अन्यत्रबाट त्यहाँका यु’वती बि’हेवारी गर्न यु’वक पुग्दैनन् ।नागरिक दैनिकमा नरहरि सापकोटाले समाचार लेखेका छन् ।एजेन्सी














