पल शाहलाई फेरि तनहुँ ल्याइयो

0
39

नाबालिग ब’लात्का’रको अभियोगमा अनु’सन्धानका लागि नवलपुर पुर्‍याइएका कलाकार पल शाहलाई तनहुँ ल्याइएको छ । नवलपुरमा बयान सकेर फेरि अनु’सन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘अनुसन्धानका लागि नवलपुर पठाएका थियौँ । अब फेरि यहीँबाट अनु’सन्धान हुनेछ’, उनले भने ।

डीएसपी खड्का अनुसार ४ चैतसम्ममा पललाई हिरासतमा राखेर अनुसन्धान गर्नलाई जिल्ला अदा’लत तनहुँबाट म्याद लिइएको छ । अनु’सन्धानको क्रममा रहेकाले फेरी पनि म्याद थप हुन सक्ने उनले संकेत गरे ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा बालिकामाथि क’रणी गरेको भन्दै उ’जुरी परेपछि पल प्रहरी हिरासतमा रहेका छन् । प्रहरीमा उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए । पलविरुद्ध ११ फागुनमा तनहुँ प्रहरी समक्ष उ’जुरी परेको थियो ।

उनलाई हि’रासतमा राखेर अनुसन्धान भइरहेकोमा अघिल्लो मंगलबार उनलाई तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैडाकोट पुर्‍याएको थियो । उक्त प्रहरी कार्यालयमा पनि उनीविरु’द्ध उ”जुरी परेपछि थप अ’नुसन्धानका लागि त्यहाँ लगिएको थियो ।

घ’टनामा जोडिएका पलका म्या’नेजर कृष्णप्रसाद जोशीलाई पनि तनहुँ प्रहरीले नि’यन्त्रणमा लिएर अनु’सन्धान गरिरहेको छ । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नि’यन्त्रणमा लिएर अनु’सन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here