चर्चीत हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खबर एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक गरेका थिए । उनको यस विषयलाई लिएर सामाजिक संजालमा विभिन्न किसिमका टीका-टिप्पणी समेत भइरहेका छन् ।
आजभन्दा करिब ४ वर्ष अगाडि पत्नी मीना ढकालसँग कानुनी रुपमा डिभोर्स गरेका उनले अहिले आएर विवाहको निर्णय गरेका हुन् । उनले विवाह गर्न लागेको दुलहीको बारेमा भने केही कुरा बाहिर ल्याएका छैनन् ।
दोस्रो विवाहको चर्चा चलिरहेको बेला गजुरेलले आफू पूर्वपत्नीबाट पनि पीडित भैरहेका बताएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत एक स्टाटस पोष्ट गर्दै पूर्वपत्नीको अनावश्यक गा”ली र बे”इज्जतीबाट को सामना गरिरहेको बताए । आफ्नी पुर्व पत्नीबाट पीडित भैरहेको कुरा उनले बताएका छन ।
गजुरेलले भनेका छन ‘झन्डै ४ वर्ष अगाडि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्काे पक्षबाट विभिन्न माध्यमबाट गा”ली बेइ”ज्जतीको क्रम रोकिएन,’ उनले अगाडि लेखेका छन् ‘एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिभावकको नाताले चुप रहेँ ।’
एक्लो जीवन बिताइरहने क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मनोजको चिनजान हुनपुग्यो । बिस्तारै उनीहरुको घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भो”गाईबाट गुज्रिएका उनीहरु अन्ततः सहयात्रा गर्ने निर्णयमा पुगेका हुन्।
एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गरि अगाडि आईपर्ने सु:ख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लिदै उनीहरुलाई यो निर्णयमा पुग्न उनीहरूका बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।
भिडियो हेर्नुस् :-















