हामिले केही समय अगाडि एक जना सुत्केरी दिदिको कथालाई प्रस्तुत गरेका थियौ,जसको घरभरी सन्तान नै सन्तान छन । धन कमाउन बिदेश गएका श्रीमान लापत्ता थिए । जसको घरमा खाना खाने चामलको गेडो थिएन । आज यिनै दिदिलाई मनकारी नेपालिहरुले खाध्यन्न सामग्री प्रदान गरेका छन ।
दिदिले रुदै आफ्ना बेदनाहरु सुनाएपछी जि टिभी नेपाल बाट उनको दुखको भिडियो प्रस्तुत गरिएको थियो त्यसपछि नेपाल तथा बिदेशमा बस्ने दाजुभाइ ,दिदिबहिनिले सहयोग रकम रु ४५ हजार र तेल,दाल,चामल,चाउचाउ लगायतका महिनौ पुग्ने सामग्री प्रदान गरेका थिए ।दिदिले आँसु पुस्दै अब भने पेटभरी खान पाईने बताईन ।
प्रत्येक सन्तान एक एक वर्षको अन्तरका छन । कोहि रोगले भोगले निन्याउरा,च्यातिएका लुगा लगाएका,मुखभरी जुठो बोकेका,कसैको दात भा चिएको कसैको ओठ का टिएको थियो । घरमा उस्तै अवस्था नाजुक हेर्दै बिरक्त लाग्ने ।क ठै जिन्दगी ।
घरभरी सन्तान छन ,नेपालमा हुदानी कहिल्यै भनेको काम नगर्ने,दिनभरी डुल्ने घुम्ने भएपछि केही आयाअर्जन हुन्छ भन्ने मनशायले दिदिले श्रीमानलाई भारतमा रोजगारिको लागि पठाईएको बताउनुभयो । अभागिलाई जता गएनी पि डा नै पि डा भने झै यो दिदिलाई त्यस्तै भएको छ ।
सुरुमा गएपछि सम्पर्कमा आएका तर अहिले गुमनाम भएपछि सन्तान कसरि हुर्काउने,कसरी पढ्ने,कसरी लालनपालन गर्ने अन्यौलमा भएको बताईन । यी दिदिको नानिहरुको लागि भएपनी हामी नेपालिले उहालाई सहयोग गरि उद्दार गर्नु अत्यावश्यक छ ।
अब हेरौ भिडियोमा :















