काठमाडौँ बौद्धका ६२ बर्षिय बृद्ध सेनाद्वारा पक्राउ ! बुढेसकालमा लोभ पलाएपछी चिसोछिँडिको बास

0
42

भदौ २३ गते चितवन राष्ट्रिय निकुञ्‍जमा खटिएका सेनाका टोलीद्वारा विगतमा गैंडा मारी खाग विक्री व्यवसायमा संलग्न रहेको आरोपमा मुगुको मुगुम कर्मारोंग गाँउपालिका ९ रोम स्थायी घर भई हाल काठमाण्डौं बौद्ध बस्ने बर्ष ६२ को नाङ्गी तामाङ लामालाई पक्राउ गरेको जनाएको छ ।

लामालाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई थप अनुसन्धानका लागि बुझाएको जनाएको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ – काठमाडौं महानगरपालिका-४ बिशालनगर डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-१० घर भएकी ४७ वर्षीया बदुनी कुवँरको कोठाबाट नगद १ लाख रुपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी १४ लाख ९५ हजार रुपैयाँ चो री भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर घर भएकी २३ वर्षीया ईडेन लामा न्यौपाने र ललितपुर हात्तिवन बस्ने महोत्तरी जलेश्वर नगरपालिका-२ घर भएका २२ वर्षीय रितिक चौधरी रहेका छन् ।

कुवँरको कोठामा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनले काम गर्न राखेकी ईडेनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निजले उक्त धनमाल चोरी गरी निजकै साथी रितिकलाई राख्न दिएको भन्ने खुल्न आएपछि ललितपुर सातदोवाटो चोकबाट चोरीका गरगहना सहित रितिकलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here