यो कुन माछा हो? दाङमा माछाले मान्छेलाई टो के पछि पाँच मिनेटभित्रै मृत्यु

0
70

मान्छेलाई माछाले टो क्दा के मानिसको मृत्यु होला? धेरैलाई पत्यार नलाग्न सक्छ तर दाङमा एक जनाएको मृत्यु भएको छ । यो घटना सुनेपछि सबै अचम्ममा परेका छन् । त्यहाँ अढाई जातको माछाले एक जनालाई टो के को थियो ।

लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई माछाले टो के र उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुईबजे उनले घर नजिकैको कुलोमा अढाई माछा पक्रेका थिए । त्यसपछि आफ्नो मुखले माछाको टाउको थि चे र घा इ ते बनाइ प्लास्टिकमा राखेका थिए । केही बेरपछि घर्ती एक्कासी बे हो स भए । उनलाई उपचारको लागि लमही अस्पतालमा लगिएको थियो, त्यहीँ उनको मृत्यु भएको हो ।

खाना खाएर दिउँसोको समयमा माछा मा र्न भनी घर नजिकैको कुलोमा श्रीमान(श्रीमती दुबैजना पुगेका थिए । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here