विष्णु माझीले नेपाली लोक गीत का क्षेत्रमा निकै नै चलेको नाम हो।विष्णु माझीले धेरै वर्षदेखि गीत गाउँदै आउनुभएको छ। उहाँले गाएको गीत प्रत्येक वर्ष हीट हुन्छन्,चर्चामा आउँछन् तर मान्छे भने कहिले सार्वज निक नभएकी विष्णु माझी यतिबेला के गर्दै छिन्,कहाँ छिन् भन्ने कुरा केही सिमीत मान्छे बाहेक अरु कसैलाई पनि थाहा छैन।उनको खोजी प्रत्येक वर्ष उनको नयाँ गीत आएसँगै हुने गर्दछ।
अहिले चर्चामा आएको चरी जेलैमा भने गीत जताततै भाइरल भैरहेको छ। गायिका बिष्णु माझिमा आउनु पर्यो,उहाँसंग कुनै एउटा कार्यक्रममा गीत गाएर भए पनि धेरै पैसा कमाउने अथाह क्षमता छ,उहाँ जस्तो मान्छे यसरी गुमनाम भएर बस्न हुँदैन भनेर पनि भनिएको छ।उनी स्याङ्झा जिल्लामा स्थित एक गरिब परीवारमा जन्मेकी हुन् र सानै देखि गाउँमा विभिन्न मेला पर्वहरूमा गीत गाउँदै आइरहेकी थिइन्।उनले गायका लोक गीत हीट नभएका सायदै होलान्।उनले पाँच कक्षासम्म मात्रै अध्ययन गरेकी छिन्।पछि उनी लोक गायक तथा संगीतकार सुन्दरमणी अधिकारीसँग बिहे गरिन्।
विष्णु माझीले आफ्नो करियर नै गीतमा बिताएकी भएतापनी उनी आज बत्ती मुनीको अध्याँरोमा छिन्।धेरैले विष्णु माझीको बारेमा कुराकानी तथा टिकाटिप्पणी गर्छन् तर उनी अहिलेसम्म सार्वजनिक रुपमा मिडिया तथा अन्य कुनै पनि कार्यक्रममा देखा परेकी छैनन्। उनको सम्पूर्ण गीत सम्बन्धि कन्ट्र्या क्ट,पेमेन्ट डिल लगायत सम्पूर्ण काम उनका श्रीमान सुन्दर मणीले नै गर्दै आएका छन्। सुन्दर मणीले उनलाई दोश्रो विवाह गरेर उनको श्रम शोषण समेत गरि बन्धकमा राखेको भनेर कतिपय हल्लाहरू पनि आ रुपमा आइरहेका छन्।उनको खोजी गर्न भनेर बेलाबेलामा आवाज पनि नउठेका भने होइनन्। तर उनी कहाँ छिन्,कुन अवस्थामा छिन् भन्ने बारे अझैसम्म पनि अन्योल नै छ।प्रत्येक वर्ष बिशेषगरि तीजमा हीट गीत निकाल्ने गरेकी छिन















