फेरी थपियाे उपत्यकामा निषेधाज्ञा,अब किराना पसल समेत खाेल्न नपाईने !,सरकारी कार्यालयका गाडीमा पनि यस्तो नियम्

0
78
निषेधाज्ञाबारे थप निर्णय गर्न, उपत्यकाका सीडीओहरुको आज बैठक बस्दै

काठमाडौं । फेरी थपियाे उपत्यकामा निषेधाज्ञा,अब किराना पसल समेत खाेल्न नपाईने ! उपत्यकामा लगाइएको नि’षेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।

थपिएको नि’षेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

सरकारी कार्यालयका गाडी दिउँसो चल्न नपाउने: नि’षेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारीसाधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो ।फेरी थपियाे उपत्यकामा निषेधाज्ञा,अब किराना पसल समेत खाेल्न नपाईने !,सरकारी कार्यालयका गाडी दिउँसो चल्न नपाउने

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।’

प्रशासनले निर्माणका कार्यका सवारीसाधन पनि सञ्चालनमा रोक लगाएको छ । मंगलबार चौथो पटक निषेधको आदेश थप्दै प्रशासनले निषेधाज्ञामा कडा प्रावधान ल्याएको हो । यो अवधिमा सं’क्रमण दर घटे क्रमशः विभिन्न क्षेत्रलाई खुकुलो पार्दै लैजाने गृह मन्त्रालयको तयारी छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले चार सातापछि सं’क्रमण क्रमशः घट्दै जाने सोमबार बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here