“मैले जे गरिरहेकी छु त्यसप्रति म लज्जित छु, तर मसँग के विकल्प छ र ?”

0
2
“मैले जे गरिरहेकी छु त्यसप्रति म लज्जित छु, तर मसँग के विकल्प छ र ?”

“मैले जे गरिरहेकी छु त्यसप्रति म लज्जित छु, तर मसँग के विकल्प छ र ?” “मैले जे गरिरहेकी छु त्यसप्रति म लज्जित छु, तर मसँग के विकल्प छ र?” एकल महिला नेदा भन्छिन्। दिनमा उनी केशविन्यासको काम गर्छिन् तर हातमुख जोड्ने मेलो गर्न राति उनी यौ’ ‘नक’र्मी’का रूपमा देहव्यापार गर्न बा’ध्य भएको बताउँछिन्।

म यस्तो देशमा छु जहाँ महिलालाई सम्मान गरिँदैन, अर्थतन्त्र खस्किँदो छ र सबै कुराको मूल्य दिनदिनै बढिरहेको छ,” उनी भन्छिन्। “म एकल आमा हुँ। मैले मेरो छोराको हेरचाह गर्नुपर्छ। यौ’ ‘नक’ ‘र्मले राम्रो कमाइ हुन्छ। म अहिले सहरमा एउटा सानो घर किन्न खोज्दैछु।”

“यो मेरो जीवनको दुःखद सत्य हो। म आफ्नो आ’त्मा बेचिरहेकी छु।” सन् २०१२ मा इरानले वे’श्यावृ’त्तिलाई रोक्न राष्ट्रिय अभियान घोषणा गर्‍यो। तर गैरसरकारी संस्था र अध्ययनकर्ताहरूको प्रतिवेदनले वे’श्यावृ’त्तिका लागेका मानिसहरूको सङ्ख्या लगातार वृद्धि भएको देखाउँछ।

इरानको कट्टर धार्मिक शासनले लामो समयदेखि आधिकारिक रूपमा इरानमा यौ’ ‘नक’ र्मी रहेको अस्वीकार गर्छ। त्यहाँका निकायहरूले वे’श्या’वृ’त्तिलाई युवाहरूलाई बिगार्न बनाइएको पश्चिमा योजना भएको आरोप लगाउँछन्, बेइमान पुरुषका लागि पनि महिलालाई दोषी देखाउँछन्।

अनौपचारिक तथ्याङ्कले इरानमा यौ’ ‘नकर्मीको उमेर घटिरहेको देखाउँछ। विभिन्न गैरसरकारी संस्थाका तथ्याङ्कले सन् २०१६ मा वे ‘श्यावृ’त्तिमा १२ वर्षका बालिका पनि रहेको देखाउँछ।

महिलाहरूको उपचार गर्ने अफ्ताब सोसाइटीले सन् २०१९ मा तेहरानमा मात्रै १०,००० महिला यौ’ ‘न’क’र्मी रहेको हुनसक्ने र तीमध्ये ३५ प्रतिशत विवाहित भएको बताएको छ।

तेहरान विश्वविद्यालयका प्राध्यापक अमिर मोहमद हारिचीले त्यो सङ्ख्या दोबर हुनसक्ने बताए। इरानमा महिलाका लागि जागिरको कम अवसर र लै’ङ्गिक असमानताका कारण गरिबीको रेखामुनि रहेका धेरै महिलाहरू पैसाका लागि श’री’र बे’च्न बाध्य भएका छन् तर यो काममा ठूला जोखिम छन्।

“पुरुषहरूलाई इरानमा वे’श्या’वृ’त्ति गैरकानुनी भएको थाहा छ र यसका लागि महिलाहरूलाई ग’म्भीर सजाय भएको कारण उनीहरूले फाइदा लिन्छन्,” तेहरानको एक विश्वविद्यालमा अध्ययनरत छात्रा मेहनाज भन्छिन्। =“म श’रीर सु’म्पिँदा पैसा नदिइएको घटना मसँग धेरै पटक भएको छ। म केही गर्न सक्दिनँ।” कहिलेकाहीँ वे’श्यावृ’त्ति’मा सं’ल’ग्न हुने मेहनाज अन्य काम गरेर तेहरानमा बाँच्न गाह्रो हुने बताउँछिन्।

‘सुखभोग विवाह’ सन् १९७९ को इस्लामिक क्रान्तिपछि नयाँ सत्ताले धेरै यौ’ ‘नकर्मीलाई मृ’ त्यु’द ण्ड दियो अनि वे’श्या’लय’हरू बन्द भए।

महिलालाई यौ’ ‘नका लागि प्रयोग गर्ने कुरालाई कानुनी बनाउने प्रयासमा ”जावाज अल-मुता” भनिने निश्चित अवधिसम्म कायम हुने विवाह प्रचलनमा थियो। “सुखभोग विवाह” पनि भनिने अस्थायी विवाहमा श्रीमती रहने अवधि र उसलाई दिइने क्षतिपूर्ति पहिल्यै तोकिन्छ। इरानको शिया इस्लामिक प्रणालीमा मुता विवाह कानुनी हुन्छ र यसलाई वे’श्या’वृ’त्ति मानिँदैन।

यसको अभ्यास विश्वभरिबाट शिया धर्मावलम्बी आउने धार्मिक सहरहरू मशाद र कोममा बढी प्रचलित छ। सामाजिक सञ्जालमा आएका भिडिओहरूमा इराकी मानिसहरूले मसादमा यौ’ ‘नसाथी खो’जिरहेको र अधिकारीहरूले उनीहरू अस्थायी विवाह गरिरहेको बताएको देखिन्छ।

अहिले इरानमा मुता विवाहको सेवा दिने असङ्ख्य अनलाइन सेवा प्रदायकहरू टेलिग्राम र ह्वाट्सएपमा सरकारी स्वीकृति प्राप्त भन्दै प्रचार गरिरहेका छन्। बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here