आज बिहीबार सुनचाँदी किन्ने साेचमा हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

0
1

काराेबारकाे पाँचौ दिन आज (कात्तिक २४ गते) बिहीबार नेपाली बजारमा सुनकाे भाउ स्थिर रहेकाे छ भने चाँदीकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार स्थिर रहदै ९५ हजार ४ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै आज बिहीबार तेजावी सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज बिहीबार भने १० रुपैयाँ ले घटेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here